नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएसमा रेसुङ्गा डेभलपमेन्ट बैंक पनि जोडियो

बिजमाण्डू
२०७५ असोज २ गते १३:२४ | Sep 18, 2018

काठमाडौं। नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमा कारोबार शुरु गर्ने गरि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पनि आबद्ध भएको छ। 

Tata
GBIME
Nepal Life

बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार १ लाख रुपैयाँसम्मको अनलाईन भुक्तानी गर्न सक्नेछन्।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराउनु पर्छ। यसबाटै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सकिन्छ। 

सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ। यसमार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन। छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको जानकारी कम्पनीले गराएको छ।