सिटिजन्स बैंकको थानकोटमा शाखा, ८०औं शाखा कार्यालय, एटिएम ७३ पुग्यो

बिजमाण्डू
२०७५ असोज १ गते १२:४९ | Sep 17, 2018

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले राजधानीको थानकोटमा शाखा खोलेको छ। बैंकको यो ८०औं शाखा कार्यालय हो।

Tata
GBIME
Nepal Life

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पुजापाठ गरी बैंकिङ कारोबारको सुरुवात गरेका छन्। 

नयाँ शाखाबाट रिटेल बैंकिङ सेवा उपलब्ध हुने छ। साना तथा लघु ब्यवसायीलाई लक्षित सेवा उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ। 

बैंकका ७३ एटिएम र ९९ वटा शाखारहित बैकिङ इकाइहरु छन्।