सिटिजन्स बैंकले थानकोटमा नयाँ शाखा खोल्यो, साना ब्यवसायी लक्षित कर्जा, लकर सेवा पनि

बिजमाण्डू
२०७५ असोज १ गते १२:४३ | Sep 17, 2018


काठमाडौं। सिटिजन्स बैंकले थानकोटमा नयाँ शाखा खोलेको छ। यो सँगै बैंकको शाखा ८० पुगेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले नयाँ शाखामा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरे।

Tata
GBIME
Nepal Life

उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको बैंकले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीयपहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु दिने थानकोट शाखाका प्रवन्धक ध्रुव सुवेदीले बताए।

बैंककले देशैभरी फैलिएका आफ्ना ८०वटा शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव तीनलाख पचास हजार ग्राहकलाई सेवा दिँदै आएको समेत जनाएको छ।