सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजना, पैसा पठाउनेले १२ लाख रुपैयाँ नगद जित्न सक्ने

बिजमाण्डू
२०७५ भदौ ३१ गते १६:३९ | Sep 16, 2018
सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजना, पैसा पठाउनेले १२ लाख रुपैयाँ नगद जित्न सक्ने


काठमाडौं।सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैतिहार र छठलार्इ लक्षित गर्दै लखपति एक्सप्रेस योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

९० दिनसम्म चल्ने यो योजनामा दैनिक लक्की ड्रमार्फत १२ जनाले जनही दुर्इ सय रुपैयाँको मोबाइल टपअप पाउनेछन्।कम्पनीका अनुसार साप्ताहिक रुपमा तीन जनाले १० हजार रुपैयाँ र एक महिनामा एक जनाले एक लाख रुपैयाँ पाउनेछन्।

कम्पनीले १२औं वर्ष प्रवेशको अवसरमा १२ लाख रुपैयाँ जित्नसक्ने जनाएको छ।यो योजनामा सहभागी हुनेले असोज १ गतेदेखि मंसिर २९ गतेसम्म सिटी एक्सप्रेसमार्फत पैसा पठाउनुपर्छ।यो योजनामा १ हजार १ सय २० जना उपभोक्ता विजेता बन्ने कम्पनीले जनाएको छ।