साउदी अरब काम गर्न जाने नेपालीको तलव सुविधा ३०० रियाल बढ्यो, कम्तिमा १३ सय रियाल

बिजमाण्डू
२०७५ भदौ ३१ गते १३:४१ | Sep 16, 2018
साउदी अरब काम गर्न जाने नेपालीको तलव सुविधा ३०० रियाल बढ्यो, कम्तिमा १३ सय रियाल

काठमाडौं। साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ। 

Tata
GBIME
Nepal Life

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्विकृत गरेको हो। अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियालदेखि अधिकतम ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन्। 

नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन्। यसअघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३००  नेपाली अदक्ष कामदारले पाउनेछन्। 

यो पनि पढ्नुस्: राष्ट्रवाद हावी हुँदा साउदीमा कामदार हाहाकार, बिदेशीलाई बिस्थापन गर्दै आफ्नै कामदार

साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ। अब राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण हुनेछ।

 

DV.load(“https://www.documentcloud.org/documents/4891595-Saudi-Salary-Table.js”, {
width: 810,
height: 450,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-4891595-Saudi-Salary-Table”
});