माछापुच्छ्रे बैंकको अनलाइन खाता खोल्ने सेवा, बचतको ब्याज दरमा बृद्धि 

बिजमाण्डू
२०७५ भदौ ३१ गते १२:३५ | Sep 16, 2018

काठमाडौं। माछापुच्छ्रे बैंकले खाता खोल्न बैंक नै पुग्नु पर्ने वाध्यताबाट छुटकारा दिन अनलाइन सेवा सुरु गरेकोछ । बैंकले अनलाईनबाट विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने सेवा सुरु गरेको हो। 

Tata
GBIME
Nepal Life

अनलाईन खाता खोल्न ग्राहकले बैंकको वेबसाईटमा गई फारम भर्नु पर्नेछ। इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबले प्रयोग गरी सहजै खाता खोल्न सकिने बैंकले जनाएको छ। 

बैंकले भर्खरै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत बृद्धि गरी ७ प्रतिशत पुर्याएको छ। बैंकले विभिन्न बचत खातामा ५ देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ। ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्ने छन्। 

बैंकका ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ११६ स्थानबाट सेवा दिँदै आएको छ। बैंकको ९९ एटिएम छन्।