तारागाउँ रिजेन्सी होटलको नाफा ८.४४ प्रतिशतले खुम्चियो, लाभांस पोहोरको भन्दा बढ्ला?




काठमाडौं। तारागाउँ रिजेन्सी होटल (हायात) को गत आर्थिक वर्षमा ८.४४ प्रतिशतले नाफा खुम्चिएको छ। होटलले गत आर्थिक वर्षमा २५ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षमा २८ करोड ७ लाख रुपैयाँ थियो। 

होटलको संचालन तर्फको आम्दानी ४ प्रतिशतले बढेको भए पनि खर्च भने ८ प्रतिशतले बढेको छ। कम्पनीले संचालनतर्फ एक अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ भने खर्च ४० करोड ९६ लाख रुपैयाँ भएको छ। 


होटलको चुक्ता पूँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४३ करोड तीन लाख रुपैयाँ छ। होटलको प्रति शेयर आम्दानी १३ रुपैयाँ रहेको छ।

लामो समयदेखि लाभांस नदिएको होटलले गत वर्ष ७.३७ प्रतिशत नगद लाभांस दिएको थियो। दोस्रो बजारमा एक वर्षको अवधिमा होटलको अधिकतम ३४८ रुपैयाँदेखि न्युनतम २४१ रुपैयाँमा कारोबार भएको छ। प्रति शेयर १३ रुपैयाँ रहेको होटलले चाहेमा गत वर्षको भन्दा केही बढि लाभांस दिन सक्छ। 

Share this Story

   

तारागाउँ रिजेन्सी होटलको नाफा ८.४४ प्रतिशतले खुम्चियो, लाभांस पोहोरको भन्दा बढ्ला? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.