मेगा बैंक र जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स, के पाइन्छ सुविधा?

बिजमाण्डू
२०७५ भदौ २९ गते १०:५५ | Sep 14, 2018

काठमाडौं। मेगा बैंक नेपाल र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि बैंकका ग्राहकहरुले घर, गाडी, उद्योग व्यवसाय, स्टक लगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई सुविधा हुने विज्ञप्तिमा उल्लेख छ।

ग्राहकहरुले बैंकका देशभरिका शाखाबाट जनरल इन्स्योरेन्समा निर्जीवन बीमा, प्रिमियम भूक्तानी, दाबी भूक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन्।