सिटिजन्स बैंकले पाँच करोड १७ लाख रुपैयाँ नगद बाँड्यो, तीन हजार ६३३ परिवारले पाए रकम

बिजमाण्डू
२०७५ भदौ २८ गते १६:२८ | Sep 13, 2018
सिटिजन्स बैंकले पाँच करोड १७ लाख रुपैयाँ नगद बाँड्यो, तीन हजार ६३३ परिवारले पाए रकम

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले विश्व खाद्य कार्यक्रम र गुड नेवर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ। विशेष गरी स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजनाअन्तर्गत नगद भुक्तानी गरिएको हो।

Tata
GBIME
Nepal Life

डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरिएको हो। 

बैंकले ३६३३ परिवारलाई ५ करोड १७ लाख ७६ लाख ८३५ रुपैयाँ  वितरण गरेको छ। बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विज्ञप्तिमा उल्लेख छ। 

बैंकका देशभर ७९ वटा शाखा, ७२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाइहरु छन्। बैंकले तीन लाख ५० हजार ग्राहकलाई सेवा दिइरहेको छ।