बैंकको डुबेको ऋण उठाउन छुट्टै कम्पनी, हिमालयन फाइनान्सको ऋण नेक्सजेनले उठाइदिने

बिजमाण्डू
२०७५ भदौ २८ गते १५:३१ | Sep 13, 2018
बैंकको डुबेको ऋण उठाउन छुट्टै कम्पनी, हिमालयन फाइनान्सको ऋण नेक्सजेनले उठाइदिने

काठमाडौं। हिमालयन फाइनान्सको डुबेको ऋण उठाउन फाइनान्सको लिक्विडेटर कार्यालय र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ। सम्झौता अनुसार, नेक्सजेनले हिमालयनको लिक्विडेटरको आधिकारिक प्रतिनिधि भइ कर्जाको असुली तथा ब्यवयस्थापनको काम गर्ने छ।

Tata
GBIME
Nepal Life

हिमालयन फाइनान्स खारेजीको प्रकृयामा रहेकाले पाटन उच्च अदालतको निर्णय अनुसार लिक्विडेटर नियुक्त गरिएको छ। नेक्सजेन म्यानेजमेन्ट वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली तथा ब्यवस्थापन गर्न स्थापित विशेषज्ञ सेवा दिने कम्पनी हो।

नेपालमा नेक्सजेनले दिएको सेवा नौलो हो। सम्झौताले बैंकिङ तथा वित्तीय क्षेत्रलाई नयाँ विशेषज्ञता सेवा उपयोग गर्नका लागि प्रोत्साहित गर्ने विज्ञप्तिमा उल्लेख छ। साविकको पारम्परिक कामलाई मध्यस्थकर्तामार्फत गराउने नौलो कार्यलाई बढावा दिने कम्पनीले जनाएको छ। 

सम्झौतापत्रमा लिक्विडेटरको तर्पबाट सुजन काफ्ले र नेक्सजेनका तर्फबाट बलराम विष्टले हस्ताक्षर गरेका छन्।