नाडा अटोशोमा गाडी किन्नेलार्इ बैंकको अटो कर्जामा विशेष सहुलियत, ९.५% सम्म ब्याजमा ऋण

बिजमाण्डू
२०७५ भदौ २७ गते १६:१७ | Sep 12, 2018

काठमाडौं। राजधानीमा भइरहेको नाडा अटोशोमा यस वर्ष बैंकहरुले छुट्टै स्टल राख्न नपाए पनि गाडी बिक्रेता कम्पनीहरुसँग मिलेर कर्जाको बारेमा जानकारी दिरहेका छन्। बैंकहरुले बिक्रेताहरुसँग मिलेर 'अटो लोन' मा विशेष सहुलियत सहित छुटका अफर ल्याएका हुन्। 

Tata
GBIME
Nepal Life

स्टलमा एभरेष्ट बैंक, स्ट्यार्डर्ड चार्टर्ड बैंक, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंकहरुले आफ्ना कर्मचारीलार्इ राखेका छन्। बैंकहरुले कर्जा प्रवाह गर्दा प्रदर्शनीको अवधिभरको लागि सेवा शुल्कमा छुट दिने योजना ल्याएका छन्।

एभरेष्ट बैंकले निसान, रेनल्ट, ड्याट्सन, हुण्डाइ, टोयटा, शुजुकी, एमजीको प्रदर्शनी स्थलमा आफ्ना कर्मचारी राखेर बैंकको ऋणको बारेमा जानकारी दिइरहेका छन्। बैंकले नाडा अटोसोकै अवसर पारेर अटो लोनको लागि ९.९९ प्रतिशतमा कर्जा प्रवाह गरिरहेको छ। 

बिक्रेतालेहरुले विभिन्न बैंकहरुसँग 'टाइअप' गरेर आफ्ना 'क्लाइन्ट' लार्इ फाइनान्सको सुविधा प्रदान गरिरहेका छन्। कम्पनीहरुले बैंकसँग टाइअफ गर्दा अघिपछिको भन्दा केहि सस्तो दरमा कर्जा प्रवाह गर्ने एमएडब्लु इन्टरप्राइजका अधिकृत अशोक श्रेष्ठले जानकारी दिए। गाडी किन्नेले आफु खुसी कर्जा दिएकोभन्दा बिक्रेताहरुले रिफर गर्दा सस्तो दरमा कर्जा पाउने उनले बताए। 

नाडा अटो शोका लागि भन्दै एभरेष्ट बैंकले ९.९९ प्रतिशत, सानिमा बैंकले १०.९९ प्रतिशत, स्ट्याडर्ड चार्टर्ड बैंकले ९.५ प्रतिशत, माछापुच्छ्रे बैंकले ११.२ प्रतिशत, मेगा बैंकले १२.५ प्रतिशत (७ वर्षको लागि), हिमालयन बैंकले ९.९५ प्रतिशत, बैंक अफ काठमाण्डूले ११ प्रतिशत, गरिमा विकास बैंकले १०.५ प्रतिशतमा ५ वर्षको लागि ऋण प्रवाह गरिरहेका छन्। ५ भन्दा धेरै वर्षको लागि कर्जा लिँदा केहि बढि प्रतिशत तिर्नु पर्ने हुन्छ। बैंकहरुले सवारी कर्जा प्रवाह गर्दा न्युनतम ३५ प्रतिशत डाउन पेमेन्टमा बाँकी ६५ प्रतिशत ऋण उपलब्ध गराउँदै आएका छन्। 

निसान/ डाट्सन 
निसान र डाट्सनको अधिकृत बिक्रेता पायोनियर मोटोकर्पले यस अवधिका लागि एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र मेगा बैंक सँग टाइअफ गरेको छ। 

निसानको र डाट्सनको गाडी किन्दा एक वर्षको लागि बीमा निशुल्क रहेको छ। पायोनियरले निसानको लागि नेको इन्स्योरेन्स कम्पनी र डाट्सनको लागि शिखर इन्स्योरेन्स कम्पनीसँग टाइअप गरेको छ। 

रेनल्ट
रेनल्टको अधिकृत बिक्रेता एडभान्स अटोमोबाइल्सले यस अवधिमा एभरेष्ट बैंकसँग टाइअप गरेको छ। साथै नेको इन्स्योरेन्ससँग टाइअप गर्दै एक वर्षसम्मको लागि बीमा निशुल्क गरिदिएको छ। नेको इन्स्योरेन्सले बिक्रेताको कार्यालयमा आफ्ना कर्मचारी नै राखेर सेवा दिरहेको छ। यसले गर्दा बीमा शुल्क तिर्न तथा दाबी भुक्तानी गर्न सजिलो पर्ने रेनल्टका बिक्री प्रवन्धक सन्दिप क्षेत्रीले बताए। 

स्कोडा 
स्कोडाको गाडीको अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजले हिमालयन बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया, सिटिजन बैं मार्फत फाइनान्स गरिदिने व्यवस्था गरेको छ। यसका साथै अधिकृत बिक्रेताकै आफ्नै एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी मार्फत ११ प्रतिशत व्याजदरमा ऋण दिने व्यवस्था मिलाएको इन्टरप्राइजमा अशोक श्रेष्ठले जानकारी दिए। इन्टरप्राइजले बीमाको लागि प्रिमियर इन्स्योरेन्ससँग टाइअप गरेको छ।
 
स्याङ्योङ
स्याङ्योङको अधिकृत बिक्रेता आइएमएस मोटरले स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआइसी एशिया, माछापुच्छ्रे बैंकसँग टाइअप गरेको छ। त्यस्तै बीमाको लागि शिखर इन्स्योरेन्ससँग टाइअप गरेको छ। गाडी खरिद गर्दा एक वर्षको बीमा निशुल्क हुनेछ। 

जीप, फेन्ट र एबोर्थ
जीप, फेन्ट र एबोर्थको अधिकृत बिक्रेता लाइफ अटोमोबाइलले सानिमा बैंक, स्ट्यार्डर्ड चार्टर्ड बैंकसँग टाइअप गरेको छ। 

टोयटा 
टोयटाको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर सिण्डिकेटले एभरेष्ट बैंक, बैंक अफ काठमाडौं र गरिमा विकास बैंकसँग टाइअफ गरेको छ। 

एमजी 
एमजीको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले एभरेष्ट र स्ट्यान्डर्ड चार्टर बैंकसँग टाइअप गरेको छ।

फोर्ड 
फोर्डको अधिकृत बिक्रेता गो अटोमोबाइल्सले लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र सानिमा बैंकसँग टाइअप गरेको छ। बीमाको लागि भने एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग टाइअप गरेको छ। 

टाटा 
टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकसँग टाइअप गरेको छ। त्यस्तै बीमाको लागि भने एभरेष्ट इन्स्योरेन्ससँग टाइअप गरेको छ। 

महिन्द्रा 
महेन्द्रको अधिकृत बिक्रेता अग्नी इन्कर्पोरेटसँग नेपाल इन्भेष्टमेन्ट बैंकले नाडा अटोशोकै लागि भनेरै १०.५ प्रतिशतमा अटो लोन प्रवाह गरेका छन्। 

सुजुकी 
सुजुकीको अधिकृत बिक्रेता अरुणइन्टर कन्टिनेन्टलले स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकसँग टाइअप गरेको छ। 

किया र इसुजु
किया र इसुजुको अधिकृत बिक्रेता कन्टिनेन्टर इन्टरप्राइजले बैंक अफ काठमाण्‍डू र एभरेष्ट बैंकसँग टाइअप गरेको छ।