सशस्त्र प्रहरीले माग्यो २०४० सशस्त्र प्रहरी, आवेदन दिने मिति भदौ २२ देखि असोज २१ गतेसम्म

बिजमाण्डू
२०७५ भदौ २२ गते ०९:४४ | Sep 7, 2018
सशस्त्र प्रहरीले माग्यो २०४० सशस्त्र प्रहरी, आवेदन दिने मिति भदौ २२ देखि असोज २१ गतेसम्म



काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले एकै पटक २०४० जना प्रहरी माग गरेको छ। सशस्त्रले १९३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्म कर्मी र १० जना केसकर्तक माग गरेको हो। 

Tata
GBIME
Nepal Life

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जानकारी दिएको छ। 

आवेदनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, नम्बर एक बाहीनी पकली सुनसरी, नम्बर दुर्इ बाहानी बर्दिबास महोत्तरी, नम्बर चार बाहीनी पोखरा, नम्बर ६ बाहीनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरीया कैलाली, तालिम शिक्षालय बर्दघाट र नौबस्ता बाँकेबाट पाइनेछ। 

जवानको लागि न्युनतम ८ कक्षा पास गरे पुग्छ। जवानको लागि न्युनतम १८ वर्ष पुगि २१ वर्ष ननाघेको हुनु पर्छ भने परिचरको हकमा १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनु पर्छ।