इन्फ्रास्ट्रक्चर बैंकको डिसिइओमा भुपेन्द्र पाण्डे, मनोज ज्ञवालीले एचआइडिसिएल छाडे

बिजमाण्डू
२०७५ भदौ २१ गते १५:१५ | Sep 6, 2018
इन्फ्रास्ट्रक्चर बैंकको डिसिइओमा भुपेन्द्र पाण्डे, मनोज ज्ञवालीले एचआइडिसिएल छाडे


काठमाडौं। जलविद्युत लगानी तथा विकास कम्पनीको संञ्चालक पदबाट मनोजकुमार ज्ञवालीले राजिनामा दिएका छन्। बुधबार बसेको संचालक समितिको बैठकले ज्ञवालीले दिएको राजिनामालार्इ स्वीकृत गरेको हो।

Tata
GBIME
Nepal Life

ज्ञवालीले ज्योति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती भएसँगै राजिनामा दिएका थिए। कुनै पनि संस्थाको प्रमख कार्यकारी भएसँगै अन्य कम्पनीमा संञ्चालक हुन नपाउने व्यवस्थाका कारण उनले राजिनामा दिएका हुन्। कम्पनीले रिक्त संञ्चालकको लागि आगामी हुने साधारणसभाबाट नियुक्ती गर्ने भएको छ।   

संञ्चालनको तयारीमा रहेको पहिलो पूर्वाधार बैंकमा राष्ट्रिय बाणिज्य बैकबाट भुपेन्द्र पाण्डे गएका छन्। इन्फ्रास्ट्रक्चरल डेभलपमेन्ट बैंकको डेपुटी सिइओमा पाण्डे नियुक्त भएका हुन्। उनी राष्ट्रिय बाणिज्य बैंकमा डेपुटी सिइओमा नै कार्यरत थिए। उनी शुक्रवारदेखि नै बैंकमा कार्यभार समाल्दै छन्।