दिउँसो एकाएक सांघार्इ कन्स्ट्रक्सनले खोल्यो कंलकीको अण्डरपास, चल्न थाल्यो गाडी

बिजमाण्डू
२०७५ भदौ १ गते १७:०१ | Aug 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। चिनियाँ कम्पनी सांघार्इ कन्स्ट्रक्सनले शुक्रबार दिउँसोबाट कंलकीको ‘अण्डरपास वे’ खोलेको छ। चिनियाँ दूतावासको निर्देशन नआर्इ अण्डरपास नखोल्ने अड्डी कसेको कम्पनीले दिउँसो साढे दुर्इ बजे अचानक सवारी चल्न दिएको थियो।

काठमाडौं चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार शुक्रबार दुर्इवटा लेन खुल्ला गरिएको हो।दुर्इतिर इक्विपमेन्ट रहेकाले शनिवार सम्ममा चार वटै लेन सञ्चालनमा आउने छ। मूख्य संरचना निर्माणको काम सकिएपछि फिनिसिङको काम बाँकी रहेपनि संचालनमा ल्याएको हो।उनका अनुसार एक महिना भित्र फिनिसिङको काम सकिनेछ।

 कंलकी चोकमा निर्माण भैरहेको यो 'अण्डरपास वे' ८ सय मिटर लामो छ। कंलकी चोकबाट खसी बजारतिर चार सय मिटर पर्छ भने सितापाइलातिर अर्को चार सय मिटर पर्छ।