प्राधिकरणका कर्मचारीको पैसाले ६० मेगावाटको मोदी जलविद्युत बन्ने, प्रत्येकलाई तीनलाखको शेयर

बिजमाण्डू
२०७५ भदौ १ गते १५:१५ | Aug 17, 2018


काठमाडौं। नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीको लगानीमा ६० मेगावाटको मोदी जलविद्युत आयोजना निर्माण गर्ने उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल विद्युत प्राधिकरणका ९ हजार स्थायी र ३ हजार ज्यालादारी कर्मचारी रहेका छन्। सबै कर्मचारीलाई बराबर शेयर दिने गरी ६० मेगावाटको मोदी जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरिएको हो।

नेपाल विद्युत प्राधिकरणको ३३ औं वार्षिक उत्सवमा आयोजित कार्यक्रममा मन्त्री पुनले ४२ मेगावाटको अपर मोदी ए र १८ मेगावाटको अपर मोदी गरी ६० मेगावाट जलविद्युत उत्पादनमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत सबै कर्मचारीको समान शेयर हालेर निर्माण गर्ने दावी गरे।

‘नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु जुन कम्पनीको शेयर खुल्यो उतै दौडिनुहुन्छ।‘ मन्त्री पुनले भने, ‘अब दौडिनु पर्दैन। राम्रोसँग काम गर्नुस्। प्रतिव्यक्ति तीन लाख रुपैयाँ शेयर दिनेगरि एउटा आयोजना नै अघि बढाइदिन्छौ।’

बुढाबुढीलाई बृद्ध भत्ता नभइ शेयरको बोनस दिने

मन्त्री पुनले स्थायी काम गर्ने कर्मचारीले पेन्सन पाए जस्तै काम नगर्ने नेपालीलाई जलविद्युतमा हालेको शेयरबाटै पेन्सन दिने योजनामा आफु लागेको बताएका छन्।

आधुनिकीकरणससँगै तीन पुस्ताको साटो दुई पुस्ता पनि सँगै बस्न नपाएको भन्दै बुढेसकालमा सहज जीवन यापनकालागि अहिले राम्रो जलविद्युत आयोजनामा शेयर हाल्नुपर्ने उनले बताए।

सरकारले राम्रो प्रतिफल दिने आयोजना छनौट गरिसकेको भन्दै पुनले भने, अब निकट भविष्यमै जलविद्युत आयोजनामा सकेजति शेयर हाल्न पाइन्छ।