नयाँ हवार्इ रुट दिन राजी भएको भारतले राख्यो शर्त, भारतको ‘गगन’ स्याटेलाइट नेपालले राख्नुपर्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ साउन ३० गते २१:४८ | Aug 15, 2018
नयाँ हवार्इ रुट दिन राजी भएको भारतले राख्यो शर्त, भारतको ‘गगन’ स्याटेलाइट नेपालले राख्नुपर्ने

काठमाडौं।भारतले नेपाललार्इ नयाँ हवार्इ रुट दिन ‘गगन’ भन्ने स्याटेलाइट प्रयोग गर्नुपर्ने शर्त अघि सारेको छ।'गगन' भारतले निर्माण गरेको स्याटेलाइट हो।

Tata
GBIME
Nepal Life

गत जेठमा नेपाल र भारतबीच भएको छलफलमा भारतले विराटनगर,जनकपुर,नेपालगञ्ज र महेन्द्रनगरमा हवार्इ रुट दिन सकारात्मक रहेको भारतले एकाएक गगन स्याटेलाइट प्रयोगको शर्त अघि सारेको हो।यो शर्त नेपालले स्वीकार गरिसकेको छ।भारतीय स्याटेलाइट प्रयोग गर्न सकारात्मक भएकै कारण भारतीय पक्ष नेपाल आउँदैछ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार स्याटेलाइटका बारेमा प्रिजेन्टेशन दिन भारतीय उच्च अधिकारी भदौंमा आउँदैछ।प्राधिकरणका निर्देशक दिपक बरालका अनुसार सेप्टेम्बर १३ र १४ तारिखमा  स्याटेलाइटको प्रिजेन्टेशन हुनेछ।
 

 'गगन स्याटलाइट भारतको हो। विभिन्न मुलुकले एयर नेभिगेसन सहज पार्ने उद्धेश्यले स्याटेलाइट राखेका हुन्छन्। भारतले एयर नेभिगेसनका लागि निर्माण गरेको गगन स्याटेलाइट अरु  मुलुकले प्रयोग गरुन् भन्ने चासो देखाएको छ। हामीसँग आफ्नै सेटलाइट छैन, उनले बिजमाण्डूसँग भने, ‘स्याटेलाइट आवश्यक भएकाले हामीले भारतकै राख्न खोजेका छौं।‘
 
स्याटेलाइट प्रयोग गरेपछि नेपालका जहाज कम्पनीले आवश्यक उपकरण जडान गर्नुपर्ने उनले बताए ।  उनले भने, 'गगन स्याटेलाइट प्रयोगका लागि नेपालका हवाई सेवा प्रदायक कम्पनी राजी हुने/नहुने कुरामा भरपर्छ।'उनले स्याटेलाइटको प्रयोगपछि हवाई सुरक्षामा अभिवृद्धि हुने बताए। यो स्याटेलाइट हवाई क्षेत्रमा मात्र नभर्इ यातायात, रेलमार्ग, सर्वेक्षण, दूरसंचार लगायतका पूर्वाधारमा समेत प्रयोग गरिँदै आएको छ।
 
गगन स्याटेलाइट प्रयोगका लागि उपकरण खरिद बाहेकको सेवा शुल्क नलाग्ने बरालले जानकारी दिए।   
 
अर्को पनि प्रकृया
हवार्इ रुटका लागि भारतले महेन्द्रनगर र नेपालगञ्जबाट प्रवेश विन्दु दिनका लागि सुरक्षा जाँच सफल हुनुपर्ने बरालले बताए। उनका अनुसार हवाई सुरक्षा जाँच सफल भएपछि नेपालले नेपालगञ्ज र महेन्द्रनगर प्रवेश विन्दुको आधिकारीक अनुमति पाउनेछ।
 
नेपालगञ्ज र महेन्द्रनगरको तुलनामा विराटनगर र जनकपुरमा प्रवेशविन्दु राख्न सहज हुने बरालले बताए। प्राधिकरणले सेफ्टी एसेस्समेन्ट सुरु गर्न लागेको उनले बताए।'हामीले माग गरेको रुट जुलाइको पहिलो सातामै पेश गरिसकेको छौं। नयाँ हवाई रुट छिटै संचालनका लागि नेपाल-भारत उड्डयन प्राधिकरणले तोकिएको समयमा काम गर्दै आएको छ।' उनले भने।
 
गगन सेटलाइट यस्तो छ
भारतले सन् २००१ अगस्टमा गगन स्याटेलाइट  नेभिगेशन सेवा सुरु गरेको थियो। गगन स्याटेलाइटमार्फत संसारभरको नेभिगेशन सेटलाइट सिस्टम सुधारका लागि संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।
 
भारतीय विमानस्थल प्राधिकरण र भारतीय स्पेस अध्ययन संस्थाले  गगन स्याटेलाइट स्थापना गरेका हुन्। गगन मार्फत हवाई उडान र अवतरणमा सहयोग पुर्याउँछ।