ब्यवसायीले मात्र होइन सरकारले पनि रुवायो किसानलाई, अनसनमा वडा अध्यक्ष पनि

रासस
२०७५ साउन ३० गते १८:०० | Aug 15, 2018

 
कपिलवस्तु। कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन्। आव ०७१/७२ मा सरकारले प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन्।
 
कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका छैनन्। कपिलवस्तुमा मात्रै करीब दुई करोड ५० लाख रुपैयाँ रकम किसानले पाउनुपर्ने भए पनि अझै पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए। अनुपकुमार चौधरी शिवराज नगरपालिका–७ का वडा अध्यक्षसमेत हुन्। 
 
अनशनमा अध्यक्ष चौधरीसहित रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरिनारायण चौधरी र बलराम पाण्डेलगायत छन्। अन्य जिल्लाका किसानले अनुदानको रकम पाए पनि कपिलवस्तुका किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताए।

Tata
GBIME
Nepal Life