लगानीकर्ताले पत्याएनन् वोमी माइक्रोफाइनान्सको नगद लाभांशलार्इ, १०% ले बजार मूल्य घट्दा सर्किट

बिजमाण्डू
२०७५ साउन ३० गते १३:२८ | Aug 15, 2018


काठमाडौं। वोमी माइक्रोफाइनान्सले बुधबार चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो। संस्थाको नगद लाभांशप्रति लगानीकर्ता आकर्षित नहुँदा ९.६० प्रतिशले घट्ने क्रममा सर्किट लागेको छ।

Tata
GBIME
Nepal Life

शेयर बजारमा कम्पनीहरुले लाभांश घोषणा गर्न थालेसँगै बजार मूल्य बढ्छ। विगत दुर्इ वर्ष बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पूँजी बृद्धि योजना सँगै बोनस शेयर दिने चलन बढेको थियो।

बोनस शेयरमा बानी परेका लगानीकर्ता नगद लाभांश भन्ने वित्तीकै पछाडी फर्केका छन्।

चालु आर्थिक वर्षमै माइक्रोफाइनान्सको पूँजी बृद्धि योजना ल्याउने तयारी गरेकोमा अनुमतिको प्रकृयामै केही संस्था पाइपलाइनमा रहेको हुँदा यस वर्ष ल्याएन। आउने वर्षमा संस्थाले पूँजी बढाउनै पर्ने बाध्यता रहन्छ।

यस परिवेशमा नाफालार्इ शेयरमा परिणत गर्नुको साटो नगद लाभांश घोषणा गर्दा लगानीकर्ता आकर्षित हुन सकेनन्। संस्थाले अहिले नगद लाभांश घोषणा गर्ने अनि अर्को वर्ष हकप्रद शेयर निष्काशन गर्नु पर्ने बाध्यता रहन्छ। 

संस्थाको हालको चुक्ता पूँजी १० करोड एक लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष २० प्रतिशत बोनस शेयर दिएको थियो।