नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १५% ले बढ्यो, सिइओ भन्छन्’ यसकारण नाफा कम देखियो’

बिजमाण्डू
२०७५ साउन ३० गते ११:५५ | Aug 15, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा १५ प्रतिशतले बढेको छ। बीमाङ्कीय मूल्याङ्कन तथा लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार कम्पनीले गत वर्ष ४७ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ।

अघिल्लो वर्ष लेखापरिक्षण हुनु भन्दा अघिको नाफा ४१ करोड रुपैयाँ थियो भने लेखापरीक्षण पस्चात एक अर्ब रुपैयाँ रहेको छ।

बीमा कम्पनीले ‘एक्चुरियल मूल्याङ्कन’ गर्नुपर्ने हुन्छ। यस वित्तीय विवरणमा यस्तो मूल्याङ्कन गरिएको छैन। जसले गर्दा नाफा कम आउने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए।

उनले भने 'लेखापरीक्षण तथा बीमाङ्कीय मूल्याङ्कन गर्न केही समय लाग्ने हुँदा यथार्थ विवरण आउन केही समय लाग्ने छ'। यसै कारणले बीमा कम्पनीले साधारणसभा गर्न समय लागेको प्रस्ट्याए।

कम्पनीले गत वर्षको बीमा शुल्क आर्जन ३२ प्रतिशतले बढाएको छ। असारसम्ममा १६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

लगानी तथा व्याज आम्दानीबाट तीन अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशतले बढी हो।

कम्पनीले गत वर्ष खुद दाबी भुक्तानी ५ अर्ब ४३ करोड रुपैयाँको गरेको छ भने बाँकी दाबी भुक्तानी ७३ करोड ९४ लाख रुपैयाँको गरेको छ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ।

बीमाङ्कीय मूल्याङ्कन अगाडी प्रतिशेयर आम्दानी १० रुपैयाँ छ। गत वर्ष यस्तो मूल्याङ्कन पस्चात ३२ रुपैयाँ थियो।   

विवारण बीमाङ्कन नहुदाको वित्तीय विवरण बृद्धिदर गत वर्षको बीमाङ्कन भएपछिको वित्तीय विवरण
गत वर्ष अघिल्लो वर्ष
खुद नाफा 479257830 416545430 15.06 1004634123
बीमा शुल्क आर्जन 16017320127 12058398157 32.83 12055925183
लगानी/ब्याज आम्दानी 3973194048 2492898943 59.38 2502783310
दाबी भुक्तानी 5435958280 2866918059 89.61 2884128558
बाँकी दाबी भुक्तानी 739412151 321972502 129.65 321972502
चुक्ता पूँजी 4396928648 3096428625 42.00 3096428625
जगेडा कोष 3475789368 4740629071 -26.68 4344957344
प्रतिशेयर आम्दानी 10 13 -23.08 32