बैंकहरुको ‘सुपर नाफा’, २३ प्रतिशतले बढ्यो मुनाफा, चार बैंकको घट्यो, २६ बैंक ‘विलेनियर क्लव’ मा

बिजमाण्डू
२०७५ साउन ३० गते १०:२८ | Aug 15, 2018
बैंकहरुको ‘सुपर नाफा’, २३ प्रतिशतले बढ्यो मुनाफा, चार बैंकको घट्यो, २६ बैंक ‘विलेनियर क्लव’ मा

Tata
GBIME
Nepal Life

काठमाडौं। सञ्चालनमा रहेका २८ मध्ये २७ बाणिज्य बैंकहरुले साढे २३ प्रतिशतले खुद नाफा बढाएका छन्। बैंकहरुले सार्बजनिक गरेको हिसाव खातालाई राष्ट्र बैंकले स्वीकृत गरेमा यही नाफाका आधारमा लाभांस घोषणा हुने छ।

 
बैंकहरुले निक्षेपको तुलनामा ऋण लगानी बढि गरेका थिए। साथै कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर (स्प्रेड) दर पनि बढाएका थिए। लगानी बिस्तार र फराकिलो स्प्रेडका कारण निक्षेप महँगिदा पनि बैंकहरुले 'सुपर' नाफा गर्न सकेका हुन्।
 
सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकवाहेक सबैले हरहिसाव सार्वजनिक गरेका हुन्। चार वटा बैंकको नाफा घटेको छ। नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश (एनबी) बैंक र माछपुच्छ्रे बैंकको नाफा घटेको हो।
 
रकमका हिसावले नबिल बैंकको नाफा सबैभन्दा उच्च छ। बैंकले ४ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले १२ प्रतिशतले नाफा बढाएको हो। बृद्धि दरका आधारमा सिभिल बैंकले ८५ प्रतिशतभन्दा बढिले नाफा बढाएको छ। यसपछि सेञ्चुरी, जनता बैंक छन्।
 
रकमका आधारमा कृषि विकास बैंकले नबिलपछि धेरै नाफा आर्जन गरेको छ। बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंक तेस्रो स्थानमा छ। पहिलो र तेस्रो त्रैमाशमा पहिलो भएको नेपाल इन्भेष्टमेन्ट बैंक चौथो त्रैमाशमा भने पहिलो हुन सकेन। बैंकले १५ प्रतिशतले बढाउँदै ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ।
 
प्रभु बैंकको नाफा साढे ३५ प्रतिशतले घटेको छ। बैंकले १ अर्ब १२ करोड रुपैयाँ मात्र नाफा गरेको छ। यसपछि एनसिसीको १९, एनबीको करिव ८ र माछापुच्छ्रेको ७ प्रतिशतले नाफा घटेको छ।
 
नाफा सार्बजनिक गर्ने २७ बैंकमध्ये २४ बैंक विलेनियर क्लवमा छन्। गत बर्षको तुलनामा यसपाली दुई वटा बैंक विलेनियर क्लवमा उक्लिएका छन्। कुमारी र मेगा बैंकले अर्बमाथि नाफा आर्जन गरेका हुन्।

बाणिज्य बैंक (रु. हजारमा) गत वर्ष  अघिल्लो वर्ष  बृद्धि % मा
नविल बैंक  4054744 3613200 12.22
कृषि विकास बैंक  3673292 2548631 44.13
नेपाल इन्भेष्टमेन्ट बैंक  3578858 3114131 14.92
नेपाल बैंक लिमिटेड 3399718 3117694 9.05
एभरेष्ट बैंक  2786324 2050477 35.89
हिमालयन बैंक  2474590 2178325 13.60
ग्लोबल आइएमर्इ बैंक  2156592 2006160 7.50
स्ट्याण्डर्ड चार्टर्ड बैंक  2073395 1421596 45.85
नेपाल एसबिआर्इ बैंक  1949160 1523238 27.96
प्राइम कमर्सियल बैंक  1892038 1467942 28.89
सिद्धार्थ बैंक  1854800 1386176 33.81
एनएमबी बैंक  1812966 1467347 23.55
सानिमा बैंक  1693663 1304103 29.87
बैंक अफ काठमाडौं 1548668 1312350 18.01
एनआइसी एशिया बैंक  1496672 1288065 16.20
सिटिजन बैक  1408454 1081661 30.21
सनराइज बैंक  1311768 1176089 11.54
माछापुच्छ्रे बैंक  1210679 1302483 -7.05
लक्ष्मी बैंक  1166344 1006624 15.87
प्रभु बैंक  1129661 1751576 -35.51
नेपाल बङ्गलादेश बैंक  1107958 1200382 -7.70
एनसीसी बैंक  1072036 1325817 -19.14
मेगा बैंक  1047131 793006 32.05
कुमारी बैंक  1001493 700374 42.99
जनता बैंक  934746 633126 47.64
सेञ्चुरी बैंक  875738 501366 74.67
सिभिल बैंक  645011 348280 85.20