व्रिटानियाले एक वर्षभित्रै विस्कुट उत्पादन थाल्ने, नेपाली बजारमा ३० प्रतिशत बजार हिस्सा

बिजमाण्डू
२०७५ साउन ३० गते १०:२५ | Aug 15, 2018
व्रिटानियाले एक वर्षभित्रै विस्कुट उत्पादन थाल्ने, नेपाली बजारमा ३० प्रतिशत बजार हिस्सा

Tata
GBIME
Nepal Life

काठमाडौं।व्रिटानिया एक वर्षभित्रै नेपालमा विस्कुट उत्पादन थाल्ने भएको छ।परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रभन्दा ५ सय मिटर पूर्वमा उद्योग धमाधम निर्माण भइरहेको छ।

भारतीय प्राविधिक तथा स्थानीय कामदारहरु गरी दैनिक २ सयजना उद्योग निर्माणमा खटेका छन् । ब्रिटानियाका अन्तर्राष्ट्रिय व्यापारका उपाध्यक्ष अनिन्द्य दत्तले एक वर्षभित्र विस्कुट उत्पादन सुरु हुने बताए। नेपाल इन्भायरमेन्टल सर्भिसेज परामर्शदाता रहेको कम्पनीले वार्षिक १४ टन बिस्कुट उत्पादन गर्ने तथा १ वर्षमा १ अर्बको कारोबार गर्ने अनुमान गरिएको छ ।

वाडिया ग्रुपको १ अर्ब ११ करोडको लगानीमा स्थापना हुने यो उद्योगले ३ सय ४५ जनालाई रोजगारी दिने बताइएको छ । ब्रिटानियाले आफ्नो प्रमुखब्राण्ड गुड डे को ब्राण्ड एम्बेस्डर घोषणा कार्यक्रममा यो जानकारी दिएको हो।कम्पनीले गुड डेको ब्राण्ड एम्बेस्डरमा नायिका प्रियंका कार्कीलार्इ नियुक्त गरेको छ।कम्पनीले टिभिसी समेत बनाइसकेको छ।स्माइल मोर फर अ गुड डेको मनोभावलार्इ टिभिसीमा देखाइएको कम्पनीले जनाएको छ।