प्रभु लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक बिच बैंकास्योरेन्स सम्झौता

बिजमाण्डू
२०७५ साउन २९ गते १७:३९ | Aug 14, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ।
 
यस सम्झौता पछि,  प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा सेवाहरु एनआईसी एसिया बैंकका सबै शाखा कार्यलयहरु मार्फत लिन सकिने छ।
 
उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका नि. प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने र एनआईसी एसिया बैंकका नि. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन्।
 
अब प्रभु लाइफका जीवन बीमाको प्रिमियम एनआईसी एसिया बैंक मार्फत समेत बुझाउन सकिने छ।
 
 दुई अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले केहि समयपछि साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ।