कटौती गरिएको बकर इदको विदा दिने प्रधानमन्त्रीको ‘आश्वासन’, भदौ ६ गते होला त बिदा?

बिजमाण्डू
२०७५ साउन २९ गते १५:१२ | Aug 14, 2018

Tata
GBIME
Nepal Life

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व बकर इदमा सार्वजनिक विदा दिने आश्वासन दिएका छन्। 

 
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराउने क्रममा विदा दिने आश्वासन गठबन्धनका नेताहरुलाई दिएका हुन्। 
 
प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर इद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए।
 
प्रधानमन्त्री ओलीले बकर इदमा सार्वजनिक विदा दिने आश्वासन दिनु भएको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले जानकारी दिए।
 
आगामी भदौ ६ गते बुधबार बकर इद पर्व पर्दछ।
 

सरकारले बकर इदमा दिने गरिएको सार्वजनिक विदा कटौति गरेपछि मुस्लिम समुदाय रुष्ट हुँदै आएका थिए। मुस्लिम समुदायले बकर इदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्।