१४ हजार करोड भारु घोटाला काण्ड: प्रबन्ध निर्देशक उषा बर्खास्त, कार्यकारी निर्देशकलाई मुद्दा

बिजमाण्डू
२०७५ साउन २९ गते १५:०६ | Aug 14, 2018

 
न्यूदिल्ली। भारतीय सरकारले पञ्जाव नेशनल बैंकमा भएको घोटाला काण्डमा मुछिएकी इलाहावाद बैंककी प्रबन्ध निर्देशक उषा अन्तसुब्रमण्यमलाई वर्खास्त गरेको छ। उनी अवकाश हुनु एक दिनअघि पारेर सरकारले  वर्खास्त गरेको हो।
 
पञ्जव नेशनल बैंकमा भएको ठगी सार्वजनिक भएपछि तीन महिनाअघि उनको सबै अधिकार खोसिएको थियो। बैंकमा लगभग १४ हजार करोड भारु घोटालाका मास्टरमाइन्ड हीरा कारोबार नीरव मोदी, उसको मामा मेहुल चोकसी र पिएनबीका केही सहयोगीका कारण यति ठूलो ठगी भएको थियो।
 
इलाहावाद बैंकमा जानुअघि अन्तसुब्रमण्यम पिएनबीकी प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत थिइन्। सिआइवीले १४ हजार करोड भारु घोटाला काण्डमा उनलाई पनि दोशी बनाउँदै चार्चसिट तयार पारेको छ। 
 
अन्तसुब्रमण्यमले पिएनबीको उच्च तहमा बसेर पनि आफ्नो काम र दायित्व राम्रोसँग निर्वाह नगरेको आरोप लगाइएको छ। यही कारण १४ हजार करोड भारुको घोटाला भएको आरोपपत्रमा उल्लेख छ। 
 
अन्तसुब्रमण्यमसँगै पिएनबीका कार्यकारी निर्देशक सञ्जिब शरणको विरुद्ध मुद्दा चलाउन स्वीकृति दिएको छ। तर अर्का कार्यकारी निर्देशक ब्रह्माजी राव पनि यो मुद्दामा मुछिएका छन्। उनलाई भने सरकारले चलाएको छैन। 

Tata
GBIME
Nepal Life