कारोबार थालेको ६ दिनमै सानिमा इन्स्योरेन्सको नाफा २ करोड तीस लाख रुपैयाँ, १५ वटा बीमालेख

बिजमाण्डू
२०७५ साउन २९ गते १२:२० | Aug 14, 2018

 
काठमाडौं। सानिमा इन्स्योरेन्स कम्पनीले कारोवार ६ दिनमा दुर्इ करोड तीस लाख रुपैयाँ नाफा गरेको छ। जबकी कम्पनीले ६ दिनको अवधिमा १५ वटा मात्र बीमा लेख बिक्री गरि खुद बीमा शुल्क आर्जन एक लाख ३१ हजार रुपैयाँ गरेको छ।
 
जुटाएको पूँजी बैंकमा राख्दा भएको व्याज आम्दानीबाट नाफा कमाउन सफल भएको हो। कम्पनीले यस्तो आय ४ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ। 
 
कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८४ लाख ३९ हजार रुपैयाँ जम्मा भएको छ। नियम अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नु पर्नेछ। जसमा न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलार्इ जारी गर्नु पर्नेछ। 
 
यसको लागि चालु आर्थिक वर्षको लेखापरीक्षण गरेपछि मात्रै पाउने हुँदा आउने आर्थिक वर्षमा कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न सक्नेछ। यहि पूँजी अनुसार कम्पनीले अव ३० करोड रुपैया सार्वजनिक शेयर निष्काशन गर्नेछ। 

Tata
GBIME
Nepal Life