मिर्मिरे माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्सको हकप्रद आज अन्तिम, आवेदन यहाँ दिने

बिजमाण्डू
२०७५ साउन २९ गते ११:४० | Aug 14, 2018
मिर्मिरे माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्सको हकप्रद आज अन्तिम, आवेदन यहाँ दिने



 
काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले चुक्ता पूँजी ४ करोड ५० लाख रुपैयाँको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गरेको छ। 
 
संस्थाले प्रति साधारण शेयर १०० रुपैयाँको दरमा ४ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गरेसँगै चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्ने छ। जेठ २७ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ। 
 
हकप्रद आवेनको लागि एनआइविएल एस क्यापिटलको कार्यालयहरु, संस्थाका कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, नारायणगढ, वुटवल र धनगढी तथा सिआस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। 
 
त्यस्तै समता माइक्रोफाइनान्सले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले असार ११ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ। 
 
संस्थाले प्रति साधारणशेयर १०० रुपैयाँको दरमा एक लाख ८९ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। हकप्रद निष्काशन भएसँगै संस्थाको चुक्ता पूँजी ५ करोड ६८ लाख रुपैयाँ पुग्नेछ। 
 
हकप्रद आवेदनको लागि फाइनान्सको शाखा कार्यलय तथा एनआइविएल एस क्यापिटलको कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगन्ज, नारायणगढ, वुटवल र धनगढी तथा सिआस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। 
 

Tata
GBIME
Nepal Life