इन्भेष्टमेन्ट बैंकको मुनाफा तीन अर्ब ३७ करोड रुपैयाँ, स्प्रेड बृद्धिले नाफामा उल्लेख्य सुधार

बिजमाण्डू
२०७५ साउन २९ गते १०:५४ | Aug 14, 2018
इन्भेष्टमेन्ट बैंकको मुनाफा तीन अर्ब ३७ करोड रुपैयाँ, स्प्रेड बृद्धिले नाफामा उल्लेख्य सुधार


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले १४ प्रतिशतले नाफा बढाएको छ। गत आर्थिक वर्षको असारसम्ममा तीन अर्ब ३७ करोड रुपैयाँ नाफा गरेको छ। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बाणिज्य बैंकहरुमै सबैभन्दा धेरै हो। गत वर्ष बैंकले तीन अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो।
 
एनएफआरएस अनुसार भने बैंकको नाफा बराबर भए पनि अन्य विवरण भने फरक छ। नेपाल राष्ट्र बैंकको नियम अनुसार जगेडा कोष ११ अर्ब ६६ करोड रुपैयाँ छ भने एनएफआरएस अनुसार १४ अर्ब ८५ करोड रुपैयाँ छ।
 
उच्च व्याजदरको प्रभावले व्याज आम्दानी ४५ प्रतिशले बढ्दा व्याज खर्च भने ७३ प्रतिशतले बढेको छ। खुद व्याज आम्दानी ५ अर्ब ७० करोड रुपैयाँ छ। असारसम्ममा बैंकले एक खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २२ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।
 
चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ भने पूँजीकोष अनुपात १३.३४ प्रतिशत रहेको छ। खराव कर्ज ०.२० प्रतिशतले बढेर १.०३ प्रतिशत पुगेको छ। आधार व्याजदर ८.३६ प्रतिशतबाट ९.०२ प्रतिशत कायम छ।
 
स्प्रेड दर ०.६९ प्रतिशतले बढेर ४.५९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चालु आर्थिक वर्ष भरीमा यस्तो दर ४.५ प्रतिशत कायम गर्नु पर्नेछ। नाफा बढेसँगै प्रतिशेयर आम्दानी ४ रुपैयाँले बढेर ३३ रुपैयाँ पुगेको छ।   
 

विवरण (रु. ०००) नेपाल इन्भेष्टमेन्ट बैंक बृद्धि % मा
गत बर्ष अघिल्लो बर्ष
चुक्ता पूँजी 10645599 10626436 0.18
जगेडा कोष 11660306 8081448 44.28
निक्षेप 140071167 125669355 11.46
कर्जा तथा लगानी 122388438 106683877 14.72
व्याज आम्दानी 13428409 9248699 45.19
व्याज खर्च 7723924 4464552 73.01
खुद व्याज आम्दानी 5704485 4784147 19.24
नाफा 3578858 3114131 14.92
खराब कर्जा % 1.03 0.83  
आधार दर % 9.02 8.36  
स्प्रेड दर % 4.59 3.9  
प्रति शेयर आम्दानी (रु) 33.62 29.31