आइएमई जनरल इन्स्योरेन्स र सिपि अस्पतालबिच नगदरहित उपचारको लागि सम्झौता

बिजमाण्डू
२०७५ साउन २८ गते १६:३३ | Aug 13, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सिपि अस्पताल प्रालि धनगढीबिच, आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवाको लागि सम्झौता भएको छ।
 
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट स्वास्थ्य बीमा पोलीसी खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सिपि अस्पताल  धनगढीबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ।
 
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सिपि अस्पताल प्रालि  धनगढी, कैलालीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन्।