श्री एयरलाइन्सलार्इ टर्वोप्रोबको अनुमति यसै साता दिने, वुद्ध र यतिको बजार खोस्ने

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ साउन २८ गते १४:४४ | Aug 13, 2018
श्री एयरलाइन्सलार्इ टर्वोप्रोबको अनुमति यसै साता दिने, वुद्ध र यतिको बजार खोस्ने

Tata
GBIME
Nepal Life

काठमाडौं।श्री एयरलाइन्सलार्इ टर्वोप्रोब क्यू-४०० जहाज ल्याउन अनुमति पाउने भएको छ।सात महिनापछि नेपाल नागरिक उड्ययन प्राधिकरणले शर्तसहित लाइसेन्स दिनसकिने सुझाब पर्यटन मन्त्रालयलार्इ दिएको थियो।

मन्त्रालयले केही दिनभित्रै जहाज ल्याउन अनुमति दिने जनाएको छ।७८ सीटको यो जहाज ल्याएर कम्पनीले भरतपुर,पोखरा,सिमरा लगायतका क्षेत्रमा उडान गर्ने योजना बनाएको छ।यी गन्तब्यमा वुद्ध र यति एयरले मात्रै उडान गर्दै आएका छन्।श्री एयरलाइन्सले टर्वोप्रोब ल्याएपछि यो रुट पनि प्रतिस्पर्धी हुनेछ।अहिले यो गन्तब्य राम्रो कमार्इ हुने मानिन्छ।

'श्री एयरलाइन्सलाई टर्वोप्रोब जहाज क्यू- ४०० जहाज ल्याउनका लागि हामी यही साताभित्रै अनुमति दिन्छौं।' मन्त्रालयका सहसचिव सुरेश आचार्यले बिजमाण्डूसँग भने।प्राधिकरणले मन्त्रालयलाई पठाएको सुझाबमा कम्पनीको नयाँ जहाज काठमाडौं बाहिर राखेर संचालनमा ल्याउनुपर्नेछ।

नयाँ प्रकृतिको जहाज भएकाले अडिट गराएर मात्र इजाजत दिन सकिने सुझाब समेत प्राधिकरणले दिएको छ।कुनैपनि एयरलाइन्स कम्पनीले जहाज थपका लागि मन्त्रालयबाट इजाजत पाइसकेपछि पाइसकेपछि उडान अनुमतिपत्र पाउन कम्तीमा एक वर्ष लाग्छ।कम्पनीले प्राधिकरणबाट अध्ययन हुने  पूर्व आवेदन, आवेदन, डकुमेन्टेसन, डेमोन्सट्रेसन, सर्टिफिकेसन लगायत पाँचवटा चरण पुरा भएपछि उडान अनुमति पाउँछ। जहाज उडान अनुमतिपत्र दिनका लागि लाग्ने पाँचौ चरणसम्मको अध्ययन गर्नका सात महिना लाग्छ।

चौथो चरणको अध्ययनपछि कम्पनीले नो अब्लिगेसन सर्टिफिकेट (एनओसी)पाउँछ। ‘कम्पनीले प्राधिकरणबाट एनओसी पाएपछि टर्बोप्रोब जहाज ल्याउनेछ।' स्रोतले बतायो।