बजाजको पल्सर १५० टुइन डिस्क नेपाली बजारमा, मस्कुलर लुक्सको बाइक अढाई लाखमा पाइने

बिजमाण्डू
२०७५ साउन २८ गते ११:३६ | Aug 13, 2018


 
काठमाडौं। नेपालमा बजाज मोटरसाइकलकालागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको जनाएको छ ।

कम्पनीले नयाँ पल्सरलाई २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा ल्याएको हो।

कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम रंगमा बजारमा आएको बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक कलर दिइएको छ ।

नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेकका साथमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर युवाहरुकालागि थप आकर्षित बनाइएको कम्पनीले जनाएको छ।

एचएच बजाजका अनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस फुटपेज राखिएको छ ।

स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो बनाइएको यस बाइकको ह्वील बेस समेत बढाइएको कम्पनीले जनाएको छ । मस्कुलर लूक दिइएको बाइकको पछाडिको टायर मोटो छ ।

१४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन भएको बाइकमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकेको प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।