बीरगंजमा महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यान प्रवर्द्धन, ग्राहकले सिके गाडीको सुरक्षा गर्न

बिजमाण्डू
२०७५ साउन २८ गते ११:१५ | Aug 13, 2018


काठमाडौं। महिन्द्रा कमर्शियल गाडीको नेपालकालागि आधिकारीक बिक्रेता दुगड व्रदर्श एण्ड सन्स प्रा.ली ले बिरगंजमा महिन्द्रा म्याक्सीमो प्यासेन्जर भ्यानको ग्राहक भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा २ सयभन्दा बढी ग्राहकहरु उपस्थित थिए। कार्यक्रममा गाडीको सहि देखभाल र संचालनबाट उच्च प्रतिफल लिन गर्नुपर्ने कार्य तथा बिधिबारे प्रशिक्षण दिइएको प्रेस बिज्ञप्तीमार्फत कम्पनीले जानकारी दिएको छ ।


कार्यक्रममा कलैया टेम्पो समिती र पखानीपुर टेम्पो समितीका अध्यक्षहरु र सदस्यहरु, महिन्द्रा कम्पनीका कन्ट्री म्यानेजर तपश पटनायक,  दुगड व्रदर्श एण्ड सन्स प्रा.ली.का हेड अफअपरेशन शम्भु सुवेदी, विरगंज शाखाका प्रमुख बेद प्रकाश शर्मा, काठमाडौंका सर्भिस हेड सुदिप सुवेदीलगायत अन्य कर्मचारीहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ।