माई इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर जेल चलान, ३ करोडभन्दा बढी ठगीको मुद्दा





काठमाडौं । माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएको छ।

सञ्चालक गजमेरविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको मुद्दा दर्ता भएको छ। अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइसकेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी मोहनकुमार थापाले बताए।

२०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका हुन्।

गत वैशाख २३ गते कास्की जिल्ला बस्ने भुषालजंग कुँवरले ७० लाख २३ हजार ५ सय रुपैयाँ बराबरको बिगो रकम सहित ठगी मुद्दा दर्ता गराएका हुन्।

कम्पनीविरुद्ध  ४५ लाख ५१ हजार रुपैयाँ बिगोसहित २०७४ पुस २८ गते सिन्धुलीका लोकहरि पौडेलले दिएको ठगी मुद्दा अदालतमा छ। वीरबहादुर गुरुङले पनि ३९ लाख रुपैयाँ बराबरको बिगो सहित मुद्दा दर्ता गरेका छन्।



Share this Story

   

माई इन्भेस्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर जेल चलान, ३ करोडभन्दा बढी ठगीको मुद्दा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.