निर्माण सकेपछि सयपत्री हाइड्रोपावरले तीन करोडको आइपिओ निष्काशन गर्दै, अर्को आयोजनाको खोजी

बिजमाण्डू
२०७५ साउन २५ गते १०:२१ | Aug 10, 2018

 
काठमाडौं। सयपत्री हाइड्रोपावर कम्पनीले तीन करोड रुपैयाको आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। २.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको हाइड्रोपावरको जम्मा लागत ४६ करोड ७३ लाख रुपैयाँ रहेको छ। 
 
बाग्लुङ जिल्लाको दरम खोलामा निर्माण कार्य सकिसकेको छ। आयोजनाले वार्षिक १३.४८ गिगावाट विद्युत उत्पादन गर्न सक्ने बताइएको छ। 
 
आयोजनाको निर्माण सहज स्थानमा भएकोले यसको लागत सस्तो पर्ने हुँदा प्रति शेयर आम्दानी १५ प्रतिशत हुने आयोजनाले जानकारी दिएको छ। कम्पनीले पावरहाउसदेखि सव स्टेसनसम्म ४ किलोमिटरको प्रसारण लाइन रहेको छ। 
 
कम्पनीले २०६५ सालमा प्रोजेक्ट निर्माणको लागि लाइसेन्स पाएको थियो। लाइसेन्स पाएको 1० वर्षमा आयोजनाको सम्पुर्ण काम काम सकेको हो। कम्पनीका अनुसार आयोजनाले व्यावसायिक उत्पादन भने २०७३ सालदेखि नै गर्दै आएको छ। एउटा प्रोजेक्ट सकिएसँगै कम्पनीले अर्को आयोजनाको पनि खोजि गरिरहेको छ। 
 
सार्वजनिक शेयर निष्कशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको छ। 

Tata
GBIME
Nepal Life