गुणस्तर तथा नापतौल विभाग एग्रेसिभ, त्रिशक्ति सिमेन्टको एनएस चिन्ह स्थ‍गन, अरु पनि कारवाहीमा






काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नारायणी सिमेन्ट उद्योगको नेपाल गुणस्तर चिन्ह स्थगन गरेको छ।
 
यो उद्योगले त्रिशक्ति ब्राण्डमा ‌ओपिस र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर अनुसार अघुलनशील पदार्थ नरहेको बताउँदै एक महिनाका लागि एनएस स्थगन गरेको बताए। यो उद्योगका संचालक बाबुलाल चाचान हुन्।
 
विभागले  नारायणी माइक्रो पाइप उद्योगले उत्पादन गर्ने एचडीपीर्इ पाइपको समेत एनएस स्थगन गरेको छ।नेपाल गुणस्तरको बर्खिलाप हुने गरि प्लास्टिकको सेतो दाना प्रयोग गरेको विभागको ठहर छ।

विभागले नवनेपाल प्लास्टिक प्रालिले उत्पादन गरेको एचडिपीर्इ पाइपको एनएस इजाजत स्थगन गरेको छ। यो उद्योगले समेत पाइप उत्पादन गर्दा सेतो दाना प्रयोग गरेको थियो। विभागले ओइट फूड एण्ड वेभरेजले उत्पादन गरेको पोट्याटो क्रयाकरले एनएस चिन्हको अनुचित प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको छ।
 


Share this Story

   

गुणस्तर तथा नापतौल विभाग एग्रेसिभ, त्रिशक्ति सिमेन्टको एनएस चिन्ह स्थ‍गन, अरु पनि कारवाहीमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.