साताभर नै ओरालो लाग्यो शेयर बजार, ट्रेडिङ बाहेक सबै उप सूचक घट्यो, कसको कारोबार बढी

बिजमाण्डू
२०७५ साउन २४ गते १५:२४ | Aug 9, 2018


काठमाडौं। साताको पहिलो दिन देखिनै घटेको शेयर बजारमा कारोबारको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ६.६९ अंकले घटेर ११८०.६३ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३७ अंकले घटेर २४९.१३ अंकमा झरेको छ।

कारोबारको पहिलो आधा घण्टा एक अंकको सुधार देखिएको बजार त्यसपछि लगातार घटेर बन्द भएको हो।

यो गिरावट छैठौं दिनको गिरावट हो। गत बुधवारदेखि बजार सामान्य अंकले घट्दै आएको थियो। गत बुधबार बजार ११९३.८७ अंकमा थियो। त्यस यता बजार १३.२४ अंकले घटिसकेको छ। 

बिहीबार १६३ कम्पनीका आठ लाख ६९ हजार कित्ता शेयर १९ करोड ६९ लाख रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भयो।

ट्रेडिङ् बाहेक सबै उप सूचक घटेका छन्। ट्रेडिङ् २.११ अंकले  बढेको छ। बैंक ३.३७, होटेल ३१.५२, विकास बैंक १.३१, जलविद्युत १६.८८, फाइनान्स ०.७, निर्जीवन बीमा ७०.७, अन्य ०.४२, लघुबित्त १६.४७ र जीवन बीमा १०२.८३ अंकले घटेको छ।

आरम्भ माइक्रो फाइनान्सका शेयरधनीले करिब चार प्रतिशत कमाए भने मल्टिपर्पोज फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत गुमाए।