काठमाडौं छाडेर भैरहवामा पाँच अर्बको भब्य होटल, अष्ट्रेलियनले किन रोजे भर्जिनल्याण्ड

सविन मिश्र/बिजमाण्डू
२०७५ साउन २३ गते ११:४२ | Aug 8, 2018
काठमाडौं छाडेर भैरहवामा पाँच अर्बको भब्य होटल, अष्ट्रेलियनले किन रोजे भर्जिनल्याण्ड

भियतनाममा फोनिक्स इन्टरनेशनल क्लव चलाएको सिल्भर हेरिटेजको काठमाडौंमा दि मिलियनायर्स क्लव कम्पनी छ। जसले पाँच तारे होटल सांग्रिलामा क्यासिनो सञ्चालन गर्छ। 
काठमाडौं। नेपालको अर्थतन्त्रको 'हब' केही अघिसम्म पूर्वी नेपालको विराटनगरमा थियो। पूर्वबाट सर्दै अहिले त्यो 'हब' पश्चिम नेपालको भैरहवा पुगेको छ। 
 
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भैरहवामा अहिले धमाधम काम चलिरहेको छ। देशकै ठूलोमध्येको एक अर्घाखाँची सिमेन्ट मात्रै होइन, सबैभन्दा आधुनिक वियर उद्योग राज ब्रुअरीसम्मले भैरहवामा प्लान्ट लगाएका छन्। सिमेन्ट, स्टील, मदिरा, घरायसी उत्पादन यस्तै यस्तै सयौं साना/ठूला नयाँ  प्लान्ट यतिवेला भैरहवामा स्थापना भइरहेका छन्।
 
त्यति मात्र होइन, सुनौलीबाट बुटवललाई जोड्न भैरहवामा चार लेनको व्यापारिक मार्ग पनि निर्माण भइरहेको छ। यही व्यापारिक मार्गलाई पछ्याउँदै गएपछि कोटिहवामा मूल सडकबाट केही भित्र १५ विघा जमिनमा टाइगर प्यालेस रिसोर्ट बनेको छ।
 
र, त्यो पनि पाँच अर्ब रुपैयाँभन्दा धेरैको लगानीमा।
 
यो लगानी हो, अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज समूहको। अष्ट्रेलियाको शेयर बजारमा सूचीकृत सिल्भर हेरिटेज समूहको हेडक्वाटर भने हङकङमा छ।
 
भियतनाममा फोनिक्स इन्टरनेशनल क्लव चलाएको सिल्भर हेरिटेजको काठमाडौंमा दि मिलियनायर्स क्लव कम्पनी छ। जसले पाँच तारे होटल सांग्रिलामा क्यासिनो सञ्चालन गर्छ। 
 
लिजर पर्यटनमा अनुभव भएको सिल्भर हेरिटेजले पाँच अर्बभन्दा बढी लगानी गरेर भैरहवामा टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको छ। यही रिसोर्टमा कम्पनीले क्यासिनो पनि चलाइरहेको छ।

'युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्जलाई लक्षित गरी एउटा पाँचतारे स्तरको रिसोर्ट आवश्यक थियो,' मोडेल भन्छन्, 'भारतीय सीमा नजिकै हामी पुगेका छौँ। भारतीय, नेपाली र लुम्बिनी घुम्न आउने अन्य देशका पर्यटकलाई न्यायो स्वागतका लागि हामी तयारी अवस्थामा छौँ।' 
पर्यटन पूर्वाधार विकासका लागि आखिर काठमाडौं, पोखरा र चितवन जस्ता सुरक्षित लगानीको क्षेत्र छाडेर सिल्भर हेरिटेजले भैरहवा किन छान्यो? रिसोर्ट सञ्चालनमा आएको छ महिनाभन्दा बढी भैसकेको छ, के भैरहवा जस्तो ठाउँमा पाँच अर्ब लगानीको औचित्य स्थापित हुँदैछ? 
 
टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन हेरिरहेका अमेरिकन युवा ब्रेट मोडेल भन्छन्, अहिलेसम्म हामी अपेक्षामा खरो उत्रिएका छौं। भैरहवाजस्तो भर्जिन ल्याण्डमा गरेको लगानी जस्टिफाइ हुँदै जान थालेको छ। 
 
रुपन्देही र त्यस क्षेत्रको पहिचान मूलत: गौतम बुद्धसँग जोडिएको छ। नेपालमा पर्यटन क्षेत्रमा लागेकाले लुम्बिनीको प्रचार यसैगरी गरिरहे,  भगवान गौतम बुद्धको जन्मस्थान। धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्य। 
 
रुपन्देही ७७ जिल्लामध्ये विकासका काममा निकै फरक हिसाबले अघि बढिरहेको जिल्ला। अन्तर्राष्ट्रिय विमानस्थल त्यहीँ बनिरहेको छ। पहिलो विशेष आर्थिक क्षेत्र त्यहाँ सञ्चालनमा आउन ठिक परेको छ। औद्योगिक र पूर्वाधार विकास दुवैमा यो जिल्ला अब्बल बनिरहेको छ। 
 
'युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्जलाई लक्षित गरी एउटा पाँचतारे स्तरको रिसोर्ट आवश्यक थियो,' मोडेल भन्छन्, 'भारतीय सीमा नजिकै हामी पुगेका छौँ। भारतीय, नेपाली र लुम्बिनी घुम्न आउने अन्य देशका पर्यटकलाई न्यायो स्वागतका लागि हामी तयारी अवस्थामा छौँ।' 
 
रिसोर्टमा अहिले ८ सयभन्दा धेरैले काम गरिरहेका छन्। कम्पनीले काम सुरु गर्दा सोचेअनुसार दक्ष कामदार पाउन सकेन र कर्मचारी उत्पादनको एउटा विधि सोच्यो त्यो थियो तालिम दिने र जान्ने बनाउने। यसैका लागि उसले लगानी गर्यो । कर्मचारी 'हायर' गर्योग, तालिम दियो र दक्ष बनायो। 

'नेपालमा काम गर्न निकै चुनौतीपूर्ण अवस्था छन्। हामीले धेरै त्यस्ता अवस्था भोग्यौँ,' उनले भने, 'क्यासिनो चलाउन अनुभवी मान्छे नेपालमा पाइँदैन। नेपालमा राइट पिपल फर राइट जब नै पाँइदैन। यहाँको ब्युरोक्रेटिक सिस्टम सहयोगी हुन आवश्यक छ।' 
'हाम्रो जुन अवधारणा थियो, त्यही अवधारणाअनुसार काम गर्न दक्ष कामदार पाइने अवस्था थिएन,' मोडेल भन्छन्, 'हामी आफैँले तालिम दियौँ र पाँचतारे रिसोर्ट चलाउन योग्ग कर्मचारी बनायौँ।' अहिले रिसोर्टले राम्रो बिजनेश गर्न सक्ने अवस्था बन्नुमा आफ्नो व्यवस्थापन समूह र कर्मचारीको मूख्य योगदान रहेको उनको बुझाई छ। 
 
त्यतिमात्रै होइन, कम्पनीले स्तरीय पाँचतारे रिसोर्ट चलाउन त्यहाँ प्रयोग हुने इक्विपमेन्ट विदेशबाट नै ल्याउने निधो गर्यो्। फर्निचर न्यूजिल्याण्डबाट ल्याइयो। 
 
नेपाली, भारतीय र नेपाल घुम्न आएका तेस्रो देशका पर्यटकलाई स्तरीय सेवा दिएर सन्तुष्ट बनाउने होटलको योजना छ। 
 
'हामीले प्रडक्टको कुरा गर्दा दुईवटा विषय हेर्नुपर्छ। एउटा त्यहाँ भएका फर्निचर र कोठाहरु तथा अर्को त्यहाँ काम गर्ने मानिस र प्राप्त हुने सेवा,' मोडेलले भने, 'वास्तवमा हामीसँग भएको राम्रो व्यवस्थापन समूह, त्यहाँभित्र रहेका योग्य र दक्ष ८ सय कामदारले हाम्रो सेवालाई स्तरीय बनाएको छ। खानेकुरा, क्यासिनो र स्वीमिङ पुल मात्रै होइन, उचित र स्तरीय व्यवस्थापन समूहले नै रिसोर्टलाई बलियो बनाएको छ।'
 
मोडेल आफैँ अन्तर्राष्ट्रिय अनुभव लिएर नेपाल आएका हुन्। 'म चुनौती लिएर नेपाल आएको हुँ र अहिले निकै उत्साही छु,' उनले भने, 'यहाँ केही गर्न सकिन्छ भनेर आएको छु। चुनौती छन् मलाई थाहा छ। तर यहाँ भएका अवसरलाई क्यास गर्न सकिन्छ।'

रुपन्देही ७७ जिल्लामध्ये विकासका काममा निकै फरक हिसाबले अघि बढिरहेको जिल्ला। अन्तर्राष्ट्रिय विमानस्थल त्यहीँ बनिरहेको छ। पहिलो विशेष आर्थिक क्षेत्र त्यहाँ सञ्चालनमा आउन ठिक परेको छ। औद्योगिक र पूर्वाधार विकास दुवैमा यो जिल्ला अब्बल बनिरहेको छ। 
उनले चीन, भियतनाम र भुटानमा धेरै समय बिताएका छन्। होटल र क्यासिनो सञ्चालनमा अनुभव बटुलेका छन्। 'यो क्षेत्रको बजारसँग म परिचित छु। होटल क्यासिनोमा पनि १० वर्षभन्दा धेरै काम गरिसकेको अनुभव मसँग छ,' उनी भन्छन्, 'गेमिङमा मकाओमा ३ वर्ष काम गरेको छु। जब सिइओले मलाई यहाँको ठूलो क्यासिनो रिसोर्ट चलाउन भने। म उत्साही भएँ।'
 
गत जनवरीमा उनी नेपाल आए। लगत्तै साइट भिजिट गरे। सञ्चालनमा आउनु अघि नै नेपाली साझेदारसँग केही झमेला भएपनि अहिले समस्या साम्य भइसकेको छ। 'यो विषय म सम्झन चाहन्नँ,' उनले बिजमाण्डूसँग भने। 
 
१८ बिघा जमिनमा रुपन्देहीको प्रोजेक्ट अघि बढेपछि अहिले झापामा पनि काम सुरु भइसकेको छ। यही समूहले नयाँ अवधारणामा झापामा हात हालेको हो। 'अबको दुई वर्षमा झापामा पनि होटल सञ्चालनमा आउँछ,' उनले भने। 
 
पर्यटन क्षेत्रमा लगानीका लागि नेपालमा लगानीको प्रसस्त संभावना उनी देख्छन्। त्यसैको एउटा प्रतिफल झापा प्रोजेक्ट हो। 'नेपालमा अन्य क्षेत्रमा पनि अवसर छन्। उत्साहप्रद अवसर देखेका छौँ। हामीले झापामा लगानी गरिरहेका छौँ,' उनले सुनाए।
 
नेपाल र छिमेकी देशका पर्यटकका लागि भैरहवा र झापा दुवै उत्कृष्ट गन्तव्य रहेको उनको ठम्याई छ। भैरहवामा विमानस्थल बन्दै छ। अबको वर्ष दिनमा अन्तर्राष्ट्रिय उडान त्यहाँबाट हुन्छ। झापा भारत, चीन र बंगलादेशी व्यवसायीका लागि उपयुक्त गन्तव्य बन्न सक्ने मोडेलको अनुमान छ। 

पर्यटन पूर्वाधार विकासका लागि आखिर काठमाडौं, पोखरा र चितवन जस्ता सुरक्षित लगानीको क्षेत्र छाडेर सिल्भर हेरिटेजले भैरहवा किन छान्यो? रिसोर्ट सञ्चालनमा आएको छ महिनाभन्दा बढी भैसकेको छ, के भैरहवा जस्तो ठाउँमा पाँच अर्ब लगानीको औचित्य स्थापित हुँदैछ? 
'भैरहवा चीन, भारत, कोरिया र अन्य देशका पर्यटकका लागि उपयुक्त गन्तव्य हुन सक्छ,' उनले भने, 'झापा त्रिदेशीय व्यापारीको हब हुन सक्छ। संभावना दुवै तर्फ उस्तै छ।'
 
परम्परागत रुपमा बुझ्दा नेपाल एड्भेन्चरस टुरिजमका लागि राम्रो गन्तव्य हो। तर टाइगर प्यालेसले यो परिभाषालाई परिमार्जन गर्दैछ। नेपाल गेमिङ पर्यटनका लागि उपयुक्त गन्तव्य बनाउने उसको अवधारणा छ। 
 
'भैरहवामा हामीले ठूलो क्षेत्रफलमा क्यासिनो स्थापना गरेका छौँ। भारतमा पनि यो क्षमताको छैन। मकाओको जस्तो क्यासिनो हामीले यहाँ बनाएका छौँ,' उनले भने। 
 
नेपालमा काम गर्न अवसर र चुनौती दुवै देखेका छन् मोडेलले। 'नेपालमा काम गर्न निकै चुनौतीपूर्ण अवस्था छन्। हामीले धेरै त्यस्ता अवस्था भोग्यौँ,' उनले भने, 'क्यासिनो चलाउन अनुभवी मान्छे नेपालमा पाइँदैन। नेपालमा राइट पिपल फर राइट जब नै पाँइदैन। यहाँको ब्युरोक्रेटिक सिस्टम सहयोगी हुन आवश्यक छ।' 

Tata
GBIME
Nepal Life