नबिल बैंकको ऋणपत्र परिपक्व भयो, बुधबारदेखि फिर्ता पाइने, कसरी फिर्ता लिन सकिन्छ?





 
काठमाडौं। नबिल बैंकले २०६५ सालमा १० वर्षको लागि निष्कासन गरेको ऋण पत्र आजदेखि परिपक्व भएको छ।

बैंकले ८.५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा ३ लाख कित्ता निष्कासन गरेको थियो। बैंकले तीस करोड रुपैयाँको ऋण पत्र जारी गरेको थियो।


बैंकले हरेक वर्ष ऋणपत्र धनीलार्इ ब्याज भुक्तानी गर्दै आएको छ। आज परिवक्व भएसँगै भोलिदेखि नै फिर्ता गर्ने नबिल बैंकले जानकारी दिएको छ।

ऋणपत्र धनीले आफ्नो सक्कली प्रमाणपत्र र व्याज भुक्तानी पाएको रसिद सहित निवेदन बैंकको केन्द्रीय तथा शाखा कार्यालयमा पेश गर्नु पर्नेछ। पैसा फिर्ताको लागि ऋणपत्र धनीले आफ्नो खाता नम्बर पेश गर्नु पर्ने छ। 

Share this Story

   

नबिल बैंकको ऋणपत्र परिपक्व भयो, बुधबारदेखि फिर्ता पाइने, कसरी फिर्ता लिन सकिन्छ? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.