सबै कर्मचारीको पारिश्रमिक असोजभित्र बैंक खातामै, घरेलु कामदारको पैसा पनि बैकमा अनिवार्य

बिजमाण्डू
२०७५ साउन १८ गते ०९:५७ | Aug 3, 2018
सबै कर्मचारीको पारिश्रमिक असोजभित्र बैंक खातामै, घरेलु कामदारको पैसा पनि बैकमा अनिवार्य

 
काठमाडौं। आगामी असोज मसान्तभित्र सबै संगठित संस्था, सरकारी निकायले आप्ना श्रमिक तथा कर्मचारीको तलव सुविधा बैंक खातामा पठाउनु पर्ने भएको छ। सरकारले बैंक खातालाई अनिवार्य गर्न 'श्रम, रोजगार तथा सामाजिक सुरक्षा' नीतिलाई राजपत्रमा प्रकाशित गरेको छ।
 
अब साउन १ गतेबाटै प्रकृया सुरु गरि असोज मसान्तभित्र पारिश्रमिक बैंक खातामा पठाउनु पर्ने भएको हो। प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, सरकारको पूर्ण तथा आंशिक स्वामित्व भएका संस्था, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबैको पैसा बैंक खातामा पठाउनु पर्छ।
 
यसबाहेक आमसञ्चार प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, होटल, एयरलाइन्स, ट्राभल एजेन्सीलगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपुर्तिकर्ता, सामूदायिक एवं संस्थागत शिक्षण संस्था तथा कानुन बमोजिम तर्दा भएका गैरसरकारी संस्थाहरुले पनि बैंकमै कर्मचारी र श्रमिकको पैसा पठाउनु पर्ने भएको छ।
 
 

DV.load(“https://www.documentcloud.org/documents/4631458-श-रम-क-हर-क-प-र-श-रम-क-व-त-त-य-ब-क-म-र-फत-भ-क-त.js”, {
width: 810,
height: 400,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-4631458-श-रम-क-हर-क-प-र-श-रम-क-व-त-त-य-ब-क-म-र-फत-भ-क-त”
});

Tata
GBIME
Nepal Life
घरेलु श्रमिकको पारिश्रमिक पनि बैंकमा पठाउनु पर्छ। उनीहरुको तलव सुविधा भने २०७६ पुस मसान्तसम्म पठाउन पाइने ब्यवस्था गरिएको छ। बैंक  नभएका ठाउँका कर्मचारीको पैसा भने बैंक खुलेको तीन महिनाभित्र पठाउने ब्यवस्था मिलाउनु पर्छ।