शुन्य प्रतिशत ब्याज दरमा २० हजारमाथिका मोबाइल किन्न सकिने, किन्नलाई एप डाउनलोड

बिजमाण्डू
२०७५ साउन १७ गते ११:३२ | Aug 2, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल की टेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ता बन्दीमा उपलब्ध गराउने भएको छ। रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ। 
 

मोबाईल र मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ। ग्राहकले २० हजार रुपैयाँदेखि माथि जति पनि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
 
योजनामा सिमीत ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरिएको छ। अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्टको ब्यवस्था गरिएको छ। 
 
ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ। यो योजना हाललाई काठमाण्डौ उपत्यकाभित्र मात्र संचालन गरिएको छ। 
 
‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगलप्ले तथा एप्पलएप स्टोरमा गरी १ लाखभन्दा बढी डाउनलोड भैसकेको छ। रिर्चाजर एप्समार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथा क्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ। रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिन्छ।