तपार्इँको मोबाइल हरायो? अनलाइन आवेदन दिनुस एक सातामा एनटिएले पत्ता लगाएर दिनेछ






काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोवाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोवाइल खोज्न सकिने सेवा सुरु गरेको छ।


विदेशबाट ल्याएका मोवाइलको इन्टरनेशनल मोवाइल इक्विपमेन्ट आइडेन्टीटी 'आइएमइआइ' दर्ता गर्न र मोवाइल चोरी भएका पत्ता लगाउन प्राधिकरणले गत फागुनदेखि अनलाइन सेवा सुरु गरेको हो।'आजभोलि मोवाइल हराउने समस्या बढ्दो छ। हराएको मोवाइल सहजै भेटाउने सुविधा दिनका लागि प्राधिकरणले अनलाइन सेवा सुरु गरेको हो। पहिला यही सेवा कागजी रुपमा हुन्थ्यो भने अहिले अनलाइनमार्फत सुरु भएको छ।' मीनप्रसाद अर्यालले भने।

उनका अनुसार हराएको मोवाइल नेपालभित्रै रहे एकसाताभित्र पत्ता लाग्नेछ।मोवाइल हराएको आवेदन प्राप्त भए पछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र  नेपाल प्रहरीसँगको सहकार्यमा मोबाइल खोज्ने गरेको उनले बताए।मोबाइल हराएपछि अनलाइन रजिष्ट्रर गरेपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ।त्यही कल डिटेल प्रहरीलार्इ दिएपछि मोबाइल खोजी सुरु हुने गरेको उनले बताए।
हराएका मोवाइल खोज्नका लागि इन्टरनेशनल मोवाइल इक्विपमेन्ट आइडेन्टीटी (आइएमइआइ) नम्बर अनिवार्य रुपमा हुनुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले गत फागुन एक गतेदेखि आइएमइआइ नम्बर दर्ता नभएका मोवाइल सेटहरुको निशुल्क अनलाइन दर्ता गर्न सकिने सुविधा सुरु गरिसकेको छ।अनलाइनमार्फत आइएमइआइ नम्बर दर्ता गर्ने बिक्रेता ३० र व्यक्तिगत भने २ सय १० पुगेको छ।ग्राहकले मोबाइल हराएपछि eir.nta.gov.np वेबसाइटमा दर्ता गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ। गत वैशाखदेखि असारसम्म ८७ जना मोवाइल हराएको भन्दै अनलाइनमा आवेदन दिएका छन्।        
 


Share this Story

   

तपार्इँको मोबाइल हरायो? अनलाइन आवेदन दिनुस एक सातामा एनटिएले पत्ता लगाएर दिनेछ को लागी ३ प्रतिक्रिया(हरु)

santosh prasad tiwari[ 2018-08-03 09:54:51 ]
santosh prasad tiwari (2018-08-03) huawei nova 2i IME1 868009032773006 IME2 868009032793012

   हालसम्म ८३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Rashmi deo[ 2018-08-03 07:10:03 ]
Lenevo k4
IME1: 860933032513252
IME2: 860933032513260

   हालसम्म ७८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Sharan rai[ 2018-08-02 08:27:56 ]
OK

   हालसम्म ७७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.