सीमा गोल्छा: जसलाई डाइनिङ टेबलले सिकायो बिजनेस, पैसाले मात्र के गर्नु?




पैसाले के गर्ने? ‘डेफिनेट्ली सोसल वर्क।’ अबको मेरो ‘दिने समय’ नै यही हो। ब्यापार त गर्छु तर अन्तिममा महिलाहरुकै हितमा आफ्नो कमाइ लगाउन मन छ। मभित्र नयाँ चाहानाले पँखेटा हाल्दैछ, मैले शेखरलाई पनि भनेको छु ‘लेट्स गिभ!’
---
काठमाडौं। त्यो दिन काम बिशेषले काठमाडौंको गणबहाल पुगेकी थिइन् सीमा गोल्छा। गणबहालको माछाबजारमा रहेको सरकारी स्कुलबाट साना नानीहरु निस्कदै थिए। विद्यालयको कमजोर भौतिक संरचना र अनि त्यहाँ पढ्न पुगेका कमजोर आर्थिक पृष्ठभूमिका विद्यार्थीहरु देख्दा उनलाई कता कता नमज्जा लाग्यो। 
 
फर्केर आफ्नै अफिस सामसुङ प्लाजा आइपुगिन्। अफिसमा सबै स्टाफ महिला नै राखेकी सीमा सोचमग्न भइन्– पढाइलाई अघि बढाउन सके के थाहा भोलि तिनै साना नानीहरु मेरै अफिस ज्वाइन गर्न पो आउँछन् कि!
 
तुरुन्तै उनले निर्णय गरिन्- यो वर्ष सरकारी विद्यालयका ५० जना छात्राहरुलाई निशुल्क पढाउँछु। अनि काठमाडौंकै दुई सरकारी विद्यालयहरु श्री आजाद स्कूल र निर्मल बिद्यापिठका २५/२५ जना छात्राहरुलाई छात्रबृत्ति बाँडिन्।

‘बिस्तारै यो संख्या बढ्छ। निरन्तरता पनि पाउँछ। थालनी सानै होस् तर निरन्तर गर्नसके पो असर देखिन्छ।’ दरबारमार्गको सामसुङ प्लाजास्थित आफ्नै कार्यालयमा सीमाले ब्यावसायिक जीवनसँगै जोडिएको मानवीय संवेदनाका पाटो खोलिन्। 
 
सीमा गोल्छा अर्थात् हिम इलेक्ट्रोनिक्सकी निर्देशक। उनकै कन्सेप्टमा खुलेको ब्राण्डेड शोरुम ‘सामसुङ प्लाजा’ ले हालसालै आफ्नो स्थापनाको १५औं जन्मोत्सव मनाएको छ। सुरुवाती दिनहरु सम्झिँदा उनी चकित पर्छिन्, यति लामो बाटो पार गर्दा नेपाली समाज र बिजनेस कल्चर धेरै बदलिसकेको छ।  
 
सामसुङ प्लाजामा कोरियन ब्राण्डको सामसुङ टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेशिन, माइक्रोवेभ, बजाजका घरायसी उपकरणहरु तथा सामसुङकै मोबाइल सेटहरु ‘फिक्स्ड रेट’ मा पाइन्छ। पहिलोपटक काठमाडौंको दरबारमार्गमा खुलेको यो शोरुमले त्यसबेला धेरैको ध्यान तान्यो।
 
‘त्यतिबेलासम्म यसरी सबै सामाग्री एकै ठाउँमा राखेर फिक्स प्राइस र वारेन्टी ग्यारेन्टीका साथ बेच्ने गरिएको थिएन। ब्राण्डप्रतिको विश्वास जगाउने वातावरण बनाउँदै अघि बढें।’ आफ्नो कन्सेप्ट सफल भएकोमा उनी दंग छिन्। उतिबेला विद्युतीय उपकरणहरुको ब्यापारमा महिलालाई जोड्ने चलन पनि थिएन। 

अमेरिकाबाट इन्जिनियरिङ सकेका २५ वर्षका छोराले ब्यापार सम्हालिसकेका छन्। १९ वर्षकी छोरी लण्डनको इम्पेरियल कलेजमा बायोलोजी पढ्दैछिन्। सीमाले पूर्णरुपमा ब्यापारलाई नै समय दिन मिल्ने भएको छ। तर उनको मन अचेल ब्यापारभन्दा बढी महिलासँग जोडिएर आउने मुद्दाहरुमा जान थालेको छ।  
---
सौन्दर्य सामाग्रीहरु, जुत्ता, झोला, बुटिक, ब्युटीपार्लर जस्ता ठाउँमामात्र महिलाहरुलाई काममा राख्ने चलन थियो। अन्य क्षेत्रमा पुरुषहरुकै बर्चश्व थियो। तर सामसुङ प्लाजामा सबै स्टाफ महिला मात्रै राखेर सीमाले ब्यापार सुरु गरेकी थिइन्। अहिले देशभर सामसुङ प्लाजाका १४ वटा आउटलेट खुलिसकेको छ।  
 
डाइनिङ टेबलमा ब्यापारबारे छलफल लम्बिँदा केही दिनअघि बिदामा घर आएकी छोरीले भनिछन् ‘मम इनफ अफ बिजनेस! स्टप, लेट्स चेन्ज दि टपिक!’ बर्षौअघि डाइनिङ हलमा परिवारका सदस्यहरुबीच बिजनेसको कुरामात्र चलिरहँदा अचम्म मान्ने सीमा आफैँ त्यस्तै हुँदै गएकोमा छक्क पर्छिन्। परिवारको लेगेसीले मानिसमा कसरी परिवर्तन ल्याउने रहेछ भन्ने कुराको उनी आफैं उदाहरण हुन्।

सीमाले भोगेको सत्य के हो भने घरमा बसेर ‘सेल्फ डेभलपमेन्ट’ हुँदैन। आफ्नै जीवनको उतारचढावले उनलाई अरु महिलालागि बोल्न सक्ने बनाएको छ। महिलाहरुलाई उनी भन्छिन्-कम्फर्ट जोनबाट बाहिर निस्कनुस्, जीवन एकपटक मात्र पाइन्छ यसलाई सार्थक बनाउन केही त गर्नैपर्छ! 
---
बदलियो ‘कन्जरभेटिभ सोसाइटी’
देहरादूनमा जन्मेकी सीमाले स्कोलर्स होम देहरादूनबाट स्कूल सकिन्। मिरान्दा हाउस दिल्ली युनिभर्सिटी पढुन्जेल सीमाको हुर्काइ फरक थियो। अंग्रेजीकी प्रोफेसर आमा र विद्युत बिभागका प्रमुख बुवाको प्रोफेसनल करियरबाट उनी सँधै प्रभावित रहिन्। ब्यापारसँग त दूर दूरसम्मको साइनो थिएन। काम गर्नुपर्छ र इन्डिपेन्डेन्ट बन्नुपर्छ भन्ने मात्र सोच्थिन् उनी।  
 
पढाइ र कामका सिलसिलामा मुम्बई, कोलकाता, दिल्लीजस्ता मेट्रो सिटीमा बसेकी सीमालाई २७ वर्षअघि बुहारी भएर नेपाल भित्रिँदा अचानक सपनाहरुमाथि ब्रेक लागे जस्तो भयो। कारण त्यसबेलाको काठमाडौंको ‘कन्जरभेटिभ सोसाइटी’ अनि मारवाडी परिवारमा महिलाहरुले घर बाहिर काम नगर्ने परम्परा। 
 
दिल्ली युनिभर्सिटी पढ्दै गर्दा भेट भएका शेखर गोल्छाको प्रेममा बाँधिएर उनी नेपाल छिरिन्। दुई तीन महिना त गरगहना, झिलिमिली साडी, सिंगार पटार, घुम्टो ओढेर घरभित्र छुनुमुनु गर्दा रमाइलै लाग्यो। तर कहिलेसम्म?
 
९ वर्ष गृहिणी भएर बिताएकी सीमा त्यसबेलाको समय चलचित्र झैँ भएको सुनाउँछिन्। 
 
‘पहिले त सबै रमाइलै लाग्छ। नयाँ परिवेश, नयाँ घर, नौला परिवारजन र आफन्तहरु सबैसँग सामना गर्दै जानुको रौनक बेग्लै हुन्छ। नयाँ दुलहीलाई परिवारसँग भिज्न समय पनि चाहिन्थ्यो। यो सबैमा मैले इन्जोय गर्दै गएँ। त्यसैबीचमा २ वटा बच्चा भए उनीहरुलाई हुर्काउन पनि समय लिएँ। पारिवारिक दायित्वलाई महत्व दिँदादिँदै आफैँलाई अघि बढाउने सपनामा भने ९ बर्ष रोक लगाउनुपर्यो।’ 

गोल्छाको ठूलो ब्यापारिक बिरासत, संयुक्त परिवार, परिवारका पुरुषहरु डाइनिङ टेबलमा पनि ब्यापारकै बिषयमा कुराकानी गर्ने। फरक भूमि र परिवेशबाट ब्यापारिक घरानामा छिरेकी सीमा अचम्म मानेर सुन्थिन्। बिस्तारै यिनै छलफलहरुमा भिज्दै गइन् अनि उनमा पनि ब्यापारको रस बस्यो। जब बच्चाहरु हुर्कन थाले सीमाको मनले पखेँटा हाल्यो। सोचिन्- अब म पनि काम गर्छु!

‘मेरा श्रीमान असाध्यै सहयोगी हुनुहुन्छ। तिमी अघि बढ म सघाउँछु भन्नुभयो। संयुक्त परिवारमा सबैको रायसल्लाह चाहिने। त्यसमाथि किन काम गर्नुपर्यो? पैसा त छँदैछ भन्ने आफन्तजनको कमी थिएन। अहिले पछाडि फर्किदाँ लाग्छ त्यो जुग नै फेरियो। त्यतिबेला मारवाडी परिवार मात्र होइन पूरै समाज कन्जरभेटिभ थियो नि!’ 
---
ससुराको हात, श्रीमानको साथ
उनी भन्छिन् ‘मेरा श्रीमान असाध्यै सहयोगी हुनुहुन्छ। तिमी अघि बढ म सघाउँछु भन्नुभयो। संयुक्त परिवारमा सबैको रायसल्लाह चाहिने। त्यसमाथि किन काम गर्नुपर्यो? पैसा त छँदैछ भन्ने आफन्तजनको कमी थिएन। अहिले पछाडि फर्किदाँ लाग्छ त्यो जुग नै फेरियो। त्यतिबेला मारवाडी परिवार मात्र होइन पूरै समाज कन्जरभेटिभ थियो नि!’ 
 
अहिले त के मारवाडी के अरु समुदाय छोरी बुहारीहरु निर्धक्क काम गर्छन्। आँखै अगाडि फेरिएको काठमाडौं र हुर्किदै गएका नयाँ पुस्ताले उनको भरोसालाई अझ उठाइदिएको छ। अचेल पैसा छ भन्दैमा घरमै सिमित भएर बस्न कसले मन पराउँछ र? जब आत्मनिर्भरता र स्वतन्त्रताको कुरा आउँछ पैसा पनि त्यति महत्वपूर्ण हुँदैन।  
 
किताब पढ्नु सानैदेखिको रुचि। गृहिणी भएर बिताउँदाका दिनहरुमा किताब नै उनको साथी बन्यो। पत्रिकाका लागि लेखहरु लेखिन्। घरभित्रै सिमित हुँदा पनि सकेसम्म सिर्जनशिल भएर समय बिताइन्। काम गर्ने हुटहुटीले नछोडेपछि उनले ससुरा हुलासचन्द गोल्छासामु प्रस्ताव पुर्याइन्। उनले बुहारीको चाहना बुझे, त्यसको कदर गरे।
 
‘एकपटक एउटा कलेजले आइडिया शेयरिङका लागि बोलायो। ससुरा थलिएर ओछ्यान पर्नुभएको थियो। बाहिर किन जानुपर्यो भन्दै आफन्तहरुले रोक्नुभयो। तर म ससुराको नजिकै गएँ। मलाई ब्यापारको बारेमा अनुभव सुनाउन त्यहाँ जान मन छ भनें। बोल्न नसक्ने अवस्थामा पनि ससुराले आफ्नो हात उठाएर मेरो शिरमा राखिदिनुभयो। बुवाको त्यहि आशिर्वादले आफन्तमाझ मेरो स्वाभिमान कायम रह्यो अनि मलाई अघि बढ्न हौसला पनि दियो। अनि फेरि म कहिल्यै रोकिइन।’ 
 
आजपर्यन्त उनकालागि ब्यापारमा कोही आदर्श छन् भने उनै स्वर्गवासी ससुरा छन्।
 
सीमाले भोगेको सत्य के हो भने घरमा बसेर ‘सेल्फ डेभलपमेन्ट’ हुँदैन। आफ्नै जीवनको उतारचढावले उनलाई अरु महिलालागि बोल्न सक्ने बनाएको छ। महिलाहरुलाई उनी भन्छिन्-कम्फर्ट जोनबाट बाहिर निस्कनुस्, जीवन एकपटक मात्र पाइन्छ यसलाई सार्थक बनाउन केही त गर्नैपर्छ! 

पढाइ र कामका सिलसिलामा मुम्बई, कोलकाता, दिल्लीजस्ता मेट्रो सिटीमा बसेकी सीमालाई २७ वर्षअघि बुहारी भएर नेपाल भित्रिँदा अचानक सपनाहरुमाथि ब्रेक लागे जस्तो भयो। कारण त्यसबेलाको काठमाडौंको ‘कन्जरभेटिभ सोसाइटी’ अनि मारवाडी परिवारमा महिलाहरुले घर बाहिर काम नगर्ने परम्परा। 
---
बिजनेस मिन्स रिस्क
ब्यापार गर्न पैसाभन्दा पहिले आँट चाहिन्छ। जोखिम लिन सक्ने क्षमता त अनिवार्य हो किनभने ब्यापारसँग सँधै रिस्क जोडिएर आउँछ। फेलियर भनेको पनि पार्ट अफ बिजनेस नै हो।  धनी परिवारले मात्रै ब्यापार गर्न सक्छन् भन्ने होइन। पुरुष हुन् वा महिला ब्यापार गर्नेसँग नेतृत्व क्षमता र जोखिम उठाउन सक्ने धैर्यता हुनैपर्छ। सीमाको बिजनेस मन्त्र हो यो। 
 
त्यसो त उनकै श्रीमान शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा रहेर आफ्नो नेतृत्व क्षमतालाई प्रमाणित गरिरहेका छन्। 
 
हिम इलेक्ट्रोनिक्सकै उत्पादन हिमस्टार टेलिभिजन कुनैबेला नम्बर वान टेलिभिजन ब्राण्ड थियो। नेपालमै एसेम्बल गरिने हिमस्टार टेलिभिजनले लामो समय नेपाली बजारमा बर्चश्व कायम गर्यो। तर समयसँगै हिमस्टार ब्राण्ड किन खस्कियो? 
 
‘होइन होइन ब्राण्ड खस्किएको होइन हिमस्टारको गुणस्तर त उस्तै छ। तर सहि के हो भने बजारमा प्रतिश्पर्धा बढेको छ। हिमस्टार इकोनोमी ब्राण्ड भएकाले त्यही बर्गका उपभोक्ताहरुप्रति बढी लक्षित छ। अहिले धेरै किसिमका ब्राण्डहरु बजारमा आएकाले हिमस्टार अलि ओझेलमा परेजस्तो भएको मात्र हो। तर इकोनोमी क्लासमा यसको क्रेज अझै पनि पहिलेजस्तै छ’ सीमा दावी गर्छिन्। 
 
हिम इलेक्ट्रोनिक्सले भक्तपुरको थिमीमा एसेम्बली प्लान्ट लगाएको छ। हिमस्टार टेलिभिजन मात्रै होइन सामसुङका केही मोडलहरु पनि यहीँ प्लान्टमा एसेम्बल गरिन्छ। नेपालमा धेरै चल्ने सामसुङका ३२, ४० र ४२ इन्चका मोडेलहरु यही नै तयार हुन्छन्। उत्पादनहरुको गुणस्तरमा कुनै सम्झौता हुन्न। हाम्रो प्रोडक्टप्रति उपभोक्ताको विश्वास बढाउन सकेका छौं। 
 
वर्ल्ड कप फुटबलले मात्रै टेलिभिजनको ब्यापार ३० प्रतिशतले बढ्यो, सीमाले खुशी बाँडिन्। कम्पनीको ब्राण्ड भ्यालु र मार्केट जोगाइराख्न उनी आफैं स्ट्रयाटेजी प्लान गर्छिन्। कसरी अघि बढ्न सकिन्छ दिनरात मेहनत गर्छिन्। परिवारसँग सल्लाह लिन्छिन्। 
 
‘प्यारेलल इम्पोर्ट र ग्रे इम्पोर्टले बजार बिगारेको छ। कर छलेर ल्याउने र कालोबजारीका कारण बजारमा ठूलो असर परिरहेको छ’ उनी चिन्तित हुन्छिन्। आफू उत्कृष्ट भएको र बजारमा उपभोक्ताहरुको विश्वास जितिरहेकोमा भने उनलाई कुनै शंका छैन। काम गर्दा आउने पोजेटिभ रेस्पोन्सबाटै मेहनत गर्न उर्जा मिल्ने उनले बताइन्।

बर्षौअघि डाइनिङ हलमा परिवारका सदस्यहरुबीच बिजनेसको कुरामात्र चलिरहँदा अचम्म मान्ने सीमा आफैँ त्यस्तै हुँदै गएकोमा छक्क पर्छिन्। परिवारको लेगेसीले मानिसमा कसरी परिवर्तन ल्याउने रहेछ भन्ने कुराको उनी आफैं उदाहरण हुन्।
---
समाजसेवामा रमाउन थालेको मन
अमेरिकाबाट इन्जिनियरिङ सकेका २५ वर्षका छोराले ब्यापार सम्हालिसकेका छन्। १९ वर्षकी छोरी लण्डनको इम्पेरियल कलेजमा बायोलोजी पढ्दैछिन्। सीमाले पूर्णरुपमा ब्यापारलाई नै समय दिन मिल्ने भएको छ। तर उनको मन अचेल ब्यापारभन्दा बढी महिलासँग जोडिएर आउने मुद्दाहरुमा जान थालेको छ।  
 
महिला सशक्तीकरणका लागि काम गर्ने जोन्ता क्लब अफ काठमाडौंकी वरिष्ठ उपाध्यक्ष हुन्। उनी कहिले टिच फर नेपालका लागि ललितपुरको दूर्गम गाउँ पुगेर बच्चा पढाउँछिन् त कहिले सिन्धुपाल्चोक, कैलाली जस्ता ठाउँमा किशोरीहरुको महिनावारी ब्यबस्थापन सहज बनाउन अग्रसर हुन्छिन्। 
 
उनी संलग्न संस्थाले जेलभित्रका महिलाहरुलाई समाजमा पुनर्स्थापनाका लागि जीवन सकारात्मक र फरक बनाउन सीपमूलक तालिमहरु संचालन गर्छ। उनी आबद्ध संस्था शौचालय बनाउने अभियानमा पनि जुटेको छ। ब्यापारबाट फुत्त निस्किएर उनी यस्तै यस्तै काममा रमाउँछिन्। उनलाई महिला सशक्तीकरणका मुद्दाले बढी सेन्सेटिभ बनाउँदै लगेको छ।  
 
पैसाले के गर्ने? ‘डेफिनेट्ली सोसल वर्क।’ अबको मेरो ‘दिने समय’ नै यही हो। ब्यापार त गर्छु तर अन्तिममा महिलाहरुकै हितमा आफ्नो कमाइ लगाउन मन छ। मभित्र नयाँ चाहानाले पँखेटा हाल्दैछ, मैले शेखरलाई पनि भनेको छु ‘लेट्स गिभ!’


Share this Story

   

सीमा गोल्छा: जसलाई डाइनिङ टेबलले सिकायो बिजनेस, पैसाले मात्र के गर्नु? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.