सरकारले कर बढाउँदा खाद्यान्न महँगो भयो, महँगीको विरोधमा धर्ना कार्यक्रम





 
काठमाडौँ। नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा  भएको  महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ।
 
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो। नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे। 
 
“मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ,”– उनले भने। 
 
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए।
 


Share this Story

   

सरकारले कर बढाउँदा खाद्यान्न महँगो भयो, महँगीको विरोधमा धर्ना कार्यक्रम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.