मुलुकका विभिन्न स्थानमा रेनल्टको सर्भिस क्याम्प, लेबर चार्ज नि:शुल्क लुब्रिकेन्टमा १५ प्रतिशत

बिजमाण्डू
२०७५ साउन ७ गते २०:३० | Jul 23, 2018
मुलुकका विभिन्न स्थानमा रेनल्टको सर्भिस क्याम्प, लेबर चार्ज नि:शुल्क लुब्रिकेन्टमा १५ प्रतिशत

Tata
GBIME
Nepal Life

काठमाडौं।रेनल्टको नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले आइतबारदेखि रेनो सर्भिस क्याम्प आयोजना गरेको छ।कम्पनीका अनुसार मेलाबाट उपभोक्ताले गाडीको उत्कृष्ट सर्भिस पाउनेछन्।
 

कम्पनीले सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । कम्पनीका अनुसार सहारा अटोमोवाईल्स बिर्तामोड झापा, महाबिर अटोमोवाइल्स बिराटनगर ,  युनाइटेड अटो कन्र्सन नारायणगढ, जुपिटर ह्वील्स बुटबल, भैरहवा अटो कम्पनी भैरहवा र जोन्छेन ट्रेर्डस पोखरामा सर्भिस क्याम्प भइरहेको छ।
 
सर्भिस क्याम्पमा  निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निशुल्क दिने कम्पनीले जनाएको छ।