अनलाइन प्रणाली चलाउन ब्रोकर आफै अलमलमा, इमेल आइडी बनाउन लगानीकर्ता ब्रोकर कार्यालयमा

बिजमाण्डू
२०७५ साउन ७ गते १७:०८ | Jul 23, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। सोमबारदेखि नेपाल स्टक एक्सचेन्जले सम्पूर्ण ब्रोकरहरु अनलाइन प्रणालीमा आवद्ध भएको भन्दै सूचना जारी गर्यो। यस्तो सुचना जारी भएसँगै लगानीकर्ता ब्रोकर कार्यालयमा आफ्नो युजरनेम र पासवर्ड लिन गए।

तर ब्रोकर कार्यालयका कर्मचारी भने युजरनेम र पासवर्ड दिने बारेमा अन्योलमा देखिए।आधा दिन उनीहरुलार्इ अनलाइनका बारेमा बुझ्नै लाग्यो। कारोबार सुरु भएको एक घण्टासम्ममा पनि नेपाल स्टक एक्सचेन्जले अनलार्इन प्राणालीमा आवद्ध नगराएकोमा समेत उनीहरु हतास देखिएका थिए।

इमेल ठेगानानै गलत हुँदा अनलाइनमा आवद्ध हुन सकेका थिएनन्।नेप्सेले एक दिन सबैलार्इ राखेर अनलाइन प्रणालीको डेमो देखाएपनि पूर्ण जानकारी नभएकोले अलमल भएको मिडास सेक्युरिटजका अशेष थापाले बताए।त्यही भएर उनी आफैँले सिकेर अरुलार्इ सिकाउन थालेका थिए।लगानीकर्ता अभयस्त नहुँदै युएटि परीक्षण अगाडी नै लगानीकर्ताको हातमा अनलाइन प्रणाली पुर्याएको छ।निभ सेक्युरिटिजका अक्षय चापागार्इँका अनुसार कतिपय लगानीकर्ता इमेल समेत नभएका छन्।

‘कतिपय लगानीकर्ताको इमेल छैन।उनीहरु इमेल खोलिदिनुपर्यो भन्दै आएका छन्’उनले भने,लगानीकर्ता मात्रै होइन हामीलार्इ समेत धेरै कुरा जानकारी छैन।हामीले ढुक्क भएर कारोबार गर्नसक्ने अवस्था आएकै छैन।‘ प्रज्ञान सेक्युरिटिजका प्रमुख प्रल्हाद ओलीले ७० जना भन्दा बढीले युजरनेम र पासवर्ड लिएको बताए।लगानीकर्ता रेवतराज तिमिल्सिनाले युजरनेम र पासवर्ड पाएपछि खरीद आदेश दाखिला भए/नभएको हेर्न पाएको बताए।

लगानीकर्ताले युजर नेम र पासवर्डको लागि व्यक्तिगत विवरण पुनः अध्यावधिक गर्नु पर्छ।लगानीकर्ताले ब्रोकरकोमा युजर नेम र पासवर्डको लागि आवदेन दिनु पर्छ। यसरी आवदेन दिए पछि लगानीकर्ताले इमेल आइडी मार्फत युजर नेम र पासवर्ड प्राप्त गर्न सक्ने निभ सेक्युरिटिजका चापागार्इले बताए।

यसरी प्राप्त गरेको युजर नेम पाए सँगै लगानीकर्ताले पासवर्ड परिवर्तन गर्नु पर्छ। पासवर्ड परिवर्तन गर्दा ७ देखि १० वटा संख्या भित्र कम्तीमा पनि एउटा ठुलो अक्षरको अग्रेजी अल्फावेट, सानो अक्षरको अल्फावेट, अंक र ह्यास्ट्याग(#) वा एसट्रिक(*) राख्नुपर्नेछ। यसपछि मात्रै पासवर्ड सेट हुनेछ।