नरेन्द्र मोदीले चार बर्षमा ८४ देश घुमे, सके १४ अर्ब ८४ करोड भारु, भ्रमणले अर्थतन्त्र राम्रो

बिजमाण्डू
२०७५ साउन ७ गते १४:२० | Jul 23, 2018
नरेन्द्र मोदीले चार बर्षमा ८४ देश घुमे, सके १४ अर्ब ८४ करोड भारु, भ्रमणले अर्थतन्त्र राम्रो

 
दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार अफ्रिकी महाद्वीपको तीन दिने भ्रमणका लागि निस्किसकेका छन्। सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी अहिलेसम्म ८४ देश घुमिसकेका छन्। 
 
सरकारका अनुसार, २०१४ पछि नरेन्द्र मोदी ८४ देशको यात्राका क्रममा चार्टर्ड फ्लाइट, प्लेनको पार्किङलगायतमा १४ अर्ब ८४ करोड भारु खर्च भइसकेको छ। विदेश मन्त्रालयका राज्यमन्त्री विके सिंहले राज्यसभामा तथ्यांक सार्बजनिक गर्दै मोदी चार बर्षमा ८४ देश घुमेको बताएका हुन्।
 
मोदीअघिका प्रधानमन्त्री डा. मनमोहन सिंहले नौं बर्षमा विदेश घुमघाममा ६ अर्ब ४२ करोड भारु सकेका थिए।
 
प्रधानमन्त्री मोदी सबैभन्दा धेरै अमेरिका गएका छन्। विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरुका साथै द्वीपक्षीय भेटघाटका लागि मोदी अमेरिका पुगेका हुन्।
 
सरकारका अनुसार, प्रधानमन्त्रीको विदेश जानुको मूख्य उद्देश्य ब्यापार, लगानी, औद्योगिकीकरण, विकास साझेदारी रहेको छ। भ्रमणपछि भारतीय अर्थतन्त्रलाई राम्रो सहयोग प्राप्त भएको सरकारले जनाएको छ। 
 

Tata
GBIME
Nepal Life