३० प्रतिशतले नाफा बढाउन के गर्यो सिटिजन्स बैंकले? निक्षेपभन्दा ऋण बिस्तार बढि, स्प्रेड उक्लियो

बिजमाण्डू
२०७५ साउन ५ गते २२:४७ | Jul 21, 2018
३० प्रतिशतले नाफा बढाउन के गर्यो सिटिजन्स बैंकले? निक्षेपभन्दा ऋण बिस्तार बढि, स्प्रेड उक्लियो

 
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले ३०.२१ प्रतिशतले नाफा बढाएर १ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ। बैंकले आइतबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्बजनिक गर्दै नाफा उच्च दरले बढाएको जनाएको हो।
 
बैंकले खराब कर्जा घटाएको छ। २ प्रतिशतको खराव कर्जालाई सवा एक प्रतिशतमा झारेको छ। बैंकले निक्षेपको तुलनामा ऋण बढाएको छ। यही कारण बैंकको आम्दानीमा राम्रो सुधार देखिएको हो।
 
बैंक एक बर्षमा १६.६२ प्रतिशतले निक्षेप बढाउँदा ऋण १९.६३ प्रतिशतले बृद्धि गरेको छ। बैंकले कुल ६१ अर्ब ४८ करोड निक्षेप संकलन गरी ५७ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेको छ।
 
विवरण (रु. ०००) गत बर्ष अघिल्लो बर्ष
चुक्ता पूँजी 8033236 8029160
जगेडा कोष 2768093 1359527
निक्षेप 61481316 52718581
कर्जा तथा लगानी 57954996 48441987
नाफा 1408454 1081661
खराब कर्जा % 1.25 2.02
आधार दर % 11.78 11.17
स्प्रेड दर % 3.84 3.19
प्रति शेयर आम्दानी (रु) 17.53  
अघिल्लो  बर्ष नै चुक्ता पूँजी ८ अर्ब नघाइसकेको बैंकको जगेडा कोष दोब्बरले बढेको छ। बैंकको जगेडा कोष १०४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड ८० लाख रुपैयाँ पेको छ।
 
बैंकको आधार दर बढेको छ भने निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) पनि बढाएको छ। आधार दर ११.१७ प्रतिशतबाट ११.७८ प्रतिशत पुगेको छ। स्प्रेड दर ३.१९ प्रतिशतबाट ३.८४ प्रतिशत पुगेको छ। बैंकको आम्दानी बृद्धि हुनुमा स्प्रेड दरको पनि भूमिका छ। बैंकको प्रति शेयर आम्दानी साढे १७ रुपैयाँ छ।

Tata
GBIME
Nepal Life