पञ्चकन्या मार्इ हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन, ६ गुणाभन्दा धेरै आवदेन पर्यो

बिजमाण्डू
२०७५ साउन ४ गते ११:४३ | Jul 20, 2018


काठमाडौं। पञ्चकन्या मार्इ हाइड्रोपावको प्राथमिक शेयर (आइपिओ)मा ६ गुणा भन्दा धेरैको आवदेन परेपछि आजदेखि निष्कासन बन्द हुने भएको छ।

Tata
GBIME
Nepal Life

बिहीबारसम्ममा ९५ हजार आवदेकबाट ६६ लाख ६३ हजार कित्ताको लागि आवदेन परेको बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरमा ११ लाख कित्ता आइपिओ निष्काशन गरेको हो। निष्काशन मध्ये ४ प्रतिशत अर्थात ४४ हजार कित्ता कर्मचारीहरुको लागि, ५५ हजार कित्ता सामुहिक लगानी कोषको लागि र १० लाख एक हजार कित्ता रहेको छ।

कम्पनीले सामुहिक लगानी कोषको लागि छुट्टाएको ५५ हजार कित्ता समानुपातिक रुपमा बाँडफाँड गरिसकेको छ।

लगानीकर्ताले न्यनतम ५० कित्ता र अधिकतम ५५ सय कित्तासम्मकालागि आवेदन दिन सकिने व्यवस्था गरेको छ।

विद्युत उत्पादन सुरु गरिसकेको भए पनि लगानीकर्ताले प्रतिफल भने ८ वर्ष पछि मात्रै पाउन थाल्ने छन्।  १२ मेगावाट क्षमताको अप्परमार्इ जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ६८ लाख रुपैयाँ रहेको छ।

जारी पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको ८० प्रतिशत शेयर संस्थापकको रहेको छ भने १० प्रतिशत आयोजना प्रभावित क्षेत्रलार्इ बिक्री गरिसकेको छ।

आइपिओ आवदेनको लागि नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त आस्वा सदश्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।