बैंकमा जागिर खाएको दुई बर्षभित्र प्रत्येक कर्मचारीलाई तालिम, हाकिमका नाममा खर्चिएपछि कडाइ

बिजमाण्डू
२०७५ साउन ३ गते १०:२० | Jul 19, 2018
बैंकमा जागिर खाएको दुई बर्षभित्र प्रत्येक कर्मचारीलाई तालिम, हाकिमका नाममा खर्चिएपछि कडाइ

 
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीलार्इ अनिवार्य तालिम दिनुपर्ने व्यवस्था गरेको छ।
 
बैंक तथा वित्तीय संस्थामा नियुक्ती भएको दुर्इ वर्ष भित्रमा बैंकिङ तालिम दिनुपर्ने ब्यवस्था बिहीबारबाट कार्यान्वयनमा आएको छ। 
 
अघिल्लो मौद्रिक नीतिमै बैंक तथा वित्तीय संस्थाले नाफाको एक प्रतिशत रकम कर्मचारीको तालिमको लागि खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो। तर कर्मचारीले तालिम भने पाइरहेका थिएनन्।
 
यो व्यवस्था अनुसार कर्मचारीलार्इ तालिम नदिएर अन्यत्रै खर्च गरेपछि राष्ट्र बैंकले बाध्यकारी व्यवस्था ल्याएको हो। कतिपय बैंकले ठूलावडा हाकिमहरुलाई मात्र तालिम दिएर पैसा सकेका थिए। त्यसलाई नियन्त्रण गर्न तल्लो तहका कर्मचारीलाई पनि तलिम अनिवार्य गरेका थिए।

Tata
GBIME
Nepal Life