बैंकमा जागिरको अवसर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एसिस्टेन्टदेखि सिइओसम्म माग्यो

बिजमाण्डू
२०७५ साउन २ गते ११:०२ | Jul 18, 2018
बैंकमा जागिरको अवसर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एसिस्टेन्टदेखि सिइओसम्म माग्यो


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एसिस्टेन्ट तहदेखि सहायक प्रमुख कार्यकारी अधिकृतसम्मका कर्मचारी माग गरेको छ।
 
सहायक प्रमुख कार्यकारी अधिकृत १ जना, फिजिब्लिटी शाखा प्रमुख १ जना, म्यानेजर १ जना, फाइनान्स शाखा प्रमुख १ जना, म्यानेजर १ जना, जोखिम व्यवस्थापन म्यानेजर १ जना, कम्पनी सेक्रेटेरी १ जना र ट्रेजरी फाइनान्स प्रमुख १ जनाकालागि बैंकले कर्मचारीको माग गरेको जनाएको छ।
 
बैंकका अनुसार इन्भेष्टमेन्ट शाखा प्रमुख १ जना, एचआर शाखा प्रमुख १ जना र सूचना प्रविधि शाखा प्रमुख १ जनाको लागि पनि कर्मचारी माग भएको छ।
 
विभिन्न शाखामा १६ जना अधिकृत र १४ जना एसिस्टेन्टकालागि पनि बैंकले कर्मचारी मागेको छ।
 
विभिन्न तहमा ३५ देखि ५० वर्षभन्दा बढी उमेर नभएका, क वर्गको वाणिज्य बैंकमा पाँच देखि १० वर्षको अनुभव भएका कर्मचारीले अगस्ट १, २०१८ भित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ।
 
 

Tata
GBIME
Nepal Life