लघुबीमा व्यवसाय मात्रैकालागि पनि बीमा कम्पनी खोल्न पाउने, अभिकर्तासँग सम्झौता गर्नुपर्ने

बिजमाण्डू
२०७५ असार २९ गते १४:५८ | Jul 13, 2018

काठमाडौं। न्यून आय भएका वर्ग तथा पिछडिएका वर्गलार्इ लक्षित गर्दै लघुबीमा व्यवसाय गर्ने गरी बीमा कम्पनी खोल्न सक्ने प्रावधान आउने भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्रालयले संसदमा पेश गरेको बीमा ऐनको मस्यौदामा लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय मात्र गर्ने उद्देश्यले बीमा कम्पनी खोल्न पाउने व्यवस्था समेटिएको छ।

यसकालागि बीमा प्राधिकरणले चुक्ता पूँजी तोक्नेछ। लघुबीमा कम्पनीले लघुबीमा व्यवसायकालागि बीमा अभिकर्तासँग लिखित सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ।

यस्ता अभिकर्ता कानुन बमोजिम संगठित संस्था रहने व्यवस्था गरिएको छ।